नेपाली काँग्रेसको घोषणा पत्रमा यस्तो छ बैदेशिक रोजगार बारेको योजना

 

काठमाडौं, बैशाख १२-

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा बैदेशिक रोजगार र स्वदेशमा रोजगारको अवशरका बारेमा पनि उल्लेख छ । नेपाली काँग्रेसले आर्थिक समृद्धिको संकल्प शिर्षक अन्तर्गत बैदेशिक रोजगारका बारेमा छोटकरीमा केहि विषय समेटेको छ । सो निम्नानुसार रहेको छ ः 

वैदेशिक रोजगारमा रहेका वा फर्केका युवाहरुको सीप, दक्षता, पूँजी र विप्रेषण आयलाई उत्पादनमूलक प्रयोजनमा लगानी गर्दै भविष्यमा निवृत्तिभरण सरहको लाभांश पाउने गरी रेमिट हाइड्रो, रेमिट पूर्वाधार, रेमिट आवास जस्ता नवीन आयोजनाहरु स्थानीय तहमै कार्यान्वयन गरिनेछ । विदेशिएका नेपालीहरुले आफ्नो गाउँ÷नगरका आयोजनाहरुमा विप्रेषण पठाई लगानी गर्न चाहेमा स्थानीय र प्रदेश सरकारहरुले पनि समपूरक कोष प्रदान गर्नेछन् । अर्थात यी कार्यक्रमहरुमा एक रुपैयाँ विप्रेषण बराबर एक–एक रुपैंया स्थानीय र प्रदेश सरकारले पनि लगानी गर्नेछन् । नेपाली कांग्रेसको नेतृत्वमा बन्ने गाउँ तथा नगरपालिकाहरुमा स्थानीय सरकारले आफ्ना संवैधानिक अधिकारहरु निम्न–लिखित नीति र कार्यक्रमको माध्यमबाट कार्यान्वयन गर्नेछ । यसबाट स्थानीय अर्थतन्त्र बलियोर गतिशील हुनेछ तथा राष्ट्रिय अर्थतन्त्रको आधार समेत सुदृढ हुनेछ ।

नेपाली कांग्रेसले गाउँ र नगरका युवाहरुलाई प्रोत्साहन दिई स्वरोजगारको प्रवद्र्धन गर्न एक “युवा उद्यम चुनौती कोष” को कार्यान्वयन गर्नेछ । नवीन सोच सहितको युवा जाँगर र उद्यमशीलता प्रयोग गर्न १६ देखि ४५ वर्षसम्मका युवाहरुलाई लक्षित गरी २५+२५+५० को सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याइनेछ । यो वित्तीय लगानी कार्यक्रममा २५ प्रतिशत अंश युवा उद्यमीको आफ्नै लगानी, २५ प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत सहुलियतपूर्ण ऋण सहायता रहनेछ । 

 यो पनि पढ्नुहोस् 

खाडीमा घरेलु कामदारः बाटो नछेक, सुरक्षित बनाउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: