दुवई, बैशाख ११
युएईमा एक नेपाल घरेलु कामदारलाई पछ्याउँदै उनी काम गर्ने घरमै पुगेका एक नेपाली प्रहरीको थुनामा परेका छन् । उनले ति महिला काम गर्ने घरमै पुगेर उनलाई दुव्र्यवहार समेत गरेको अभियोगमा पक्राउ परेका हुन् ।
गल्फ न्यूजका अनुसार सेल्समेनको काम गर्ने ति नेपाली युवाले घरेलुु काम गर्ने ति नेपाली महिला काम गर्ने घरमा पुगेर उनलाई पटक पटक बोलाएका थिए । घरमा एक्लै रहेकी ति महिला पछि घरको बगैंचामा निस्कँदा ति युवाले उनलाई पक्रेर जवर्जस्ती कोठा भित्र पसेको समाचारमा जनाइएको छ । त्यहाँ ति महिलाले फलामे डण्डीले हिर्काएर चिच्याउन थालेपछि ति युवा भागेका थिए । पछि उनलाई प्रहरीले पक्रेको र मुद्धा चलाइएको जनाइएको छ । ति युवाले आफू सो घरमा गएको भएपनि आफूले जवर्जस्ती कुनै कार्य नगरेको बताएको समाचारमा जनाइएको छ । दुवैको परिचय प्रहरीले गोप्य राखेको छ ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/TXPYZnBUxH4″ frameborder=”0″ allowfullscreen></iframe>{/source}
