विदेश हिंडेका युवाको बाटैमा दुर्घटनामा मृत्यु

सिन्धुली- छोराले विदेशबाट पैसा कमाएर ल्याउला अनि दुःखका दिन सकिएला भन्ने ठानेका बालाबखर ८ धनुषाका रामबुझाम मण्डलको सपना अधुरै रह्यो । छोराले दुःख गरेर भए पनि पैसा कमाएर ल्याउला र साहुको ऋण तिरौंला भनेर वैदेशिक रोजगारीका लागि विदाइ गरिएको छोराको दुई दिनमै शव देखेपछि मण्डलको सपना मात्र अधुरो रहेन, सदाका लागि काख नै रित्तियो । उहाँको बुढेसकालाको सहारा नै गुम्यो ।

मलेसिया हिँडेका बालाबखर ८ धनुषाका सरोजकुमार मण्डलको बुधबार बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ पीपल भन्ञ्याङमा भएको बलेरो दुर्घटनामा मृत्यु भएपछि मण्डल परिवारमा यस्तो बज्रपात परेको हो । छोराको शव बुझ्न बिहीबार सिन्धुली अस्पताल आइपुगेका रामबुझम मण्डल घरी बर्बराउने, घरी अचेत छन् । ‘छोरालाई हाँसीखुसी विदाइ गरिएको दुई दिनमै मुख देख्न पाइएनु, बर्बराउँदै उनले भने, ‘अब जिन्दगीका सबै सपना चकनाचुर भए ।ु

कतारमा तीन वर्ष बसेर एक वर्षअघि घर आएका सरोज पुनः वैदेशिक रोजगारका लागि मंगलबार घरबाट विदा भएर काठमाडौं हिंडेका थिए । म्यानपावर कम्पनीले बुधबारको टिकट नमिलेर आगामी सोमबारका लागि मात्र टिकट हुने भनेपछि उनी फेरि घर फर्कंदै थिए । घर फर्कने क्रममा उनी चढेको बलेरो जिप सडकबाट २ सय मिटर तल खस्दा सरोजको घटनास्थलमै मृत्यु भयो ।

‘साहुसँग ऋण काढेर विदेश हिँडेको झन्डै ज्यान गएनु, दुर्घटनाका गम्भीर घाइते राकेशकुमार यादवले भने, ‘सँगैका साथी गुमाउनुपर्‍यो । आफ्नो खुट्टा गुम्यो ।ु ‘बाँचेर पनि अब केही गर्न नसकिने भयोु, उनले भने । उनीसँगै गम्भीर घाइते जितनाराण यादवको पनि अवस्था उस्तै छ । ‘एउटा खुट्टा तीन ठाउँमा भाँच्चिएको छ । शरीरभरि चोट लागेको छ ।

धन्न बाँचियोु, उनले भने । जितनारायण पहिलो पटक वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका थिए । गाउँका सबै साथी विदेश जाने भनेपछि आफू पनि सँगै हिँडको उनले बताए । मलेसियाका लागि बालाबखर ८ धनुषाका दसजना युवा एकै पटक घरबाट निस्केका थिए । उनीहरु भनेको समयमा टिकट नपाएपछि थप दुई दिन घरमा बस्ने र सोमबार उड्ने गरी आइतबार काठमाडौं जाने तयारीका साथ बलेरो रिजर्भ गरी बुधबार घर फर्कंदै थिए । 

बलेरोमा सवार आठजना गम्भीर घाइते छन् । गम्भीर घाइतेमध्ये एकजनाको काठमाडौंमा र अन्य सातजनाको जनकपुरमा उपचारका लागि सिन्धुली अस्पतालले रेफर गरेको छ । बुधबार काठमाडौंबाट धनुषातर्फ आउँदै गरेको बा १ ज ५ नम्बरको बलेरो दुर्घटना भएको थियो।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: