
काठमाडौं, वैशाख १- कतारमा जारी ५ औं एसियन आप्रवासी फुटवल प्रतियोगिताको सेमिफाइनलमा नेपाल प्रवेश गरेको छ । कतार फुटवल एशोसियनद्धारा आयोजित लिग प्रतियोगिताको क्वाटर फाइनलमा इण्डोनेसियालाई ३–१ ले हराउदै सेमीफाइनलमा प्रवेश गरेको हो ।
विहिवार राती कतारको अलथुमामास्थित मैदानमा भएको खेलमा क्याप्टेन अमिर श्रेष्ठ र भक्त भण्डारीले गोल गरेर सहज जीत हात पारेको थियो । नेपालले श्रीलंका र जोर्डनवीच हुने खेलको विजेतासँग अप्रिल २१ मा सेमिफाइनल खेल खेल्नेछ । गत बर्षको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।
कान्तिपुरबाट