दामोदर दाहाल, युएई-
नेपाली नयाँ बर्ष २०७४ को बिशेष अवसर पारेर काभ्रे सेवा समाज युएईले अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ आयोजना गर्न लागेको अप्रिल १४ अर्थात बैशाख १ गतेको ूनयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ू को लागि नेपालबाट कलाकारहरु दुबई आइपुगेका छन। काभ्रे सेवा समाज युएईको निमन्त्रणामा कलाकारहरु गायक तथा संगितकार बिश्व दोङ, चर्चित नायिका, मोडेल तथा आईटम डान्सर रिया श्रेष्ठ, लोक तथा आधुनिक गायिका रिता केसी अप्रिल १२ बुधबार नै युएई आइपुगेका छन।
लामो समय देखि कलाकारितामा पोख्त भएका कलाकार बिश्व दोङ दर्जनौ तामांग सेलो, आधुनिक, लोक गितमा गायन तथा संगीत भर्ने काम गरेका छन भने बिशेष गरेर तामांग सेलो गीतको चर्चित संगीतकार भनेर चिनिएका छन । सुरुमा लोक गायिका भनेर चिनिने गायिका रीता के सी पछिल्लो समयमा आधिनिक गितहरुमा धेरै ब्यस्त देखिन्छिन । संगीत मै बिध्यबारिधि गर्दै गरेकी रिता के सी अहिले ब्यस्त आधुनिक गायिका मध्येमा पर्छिन । त्यसै गरेर अहिलेको आइटम गितहरुमा कामुक नृत्य गरेर आफुलाई स्थापित गरेकी नायिका मोडेल तथा नृत्यंगना रिया श्रेष्ठले दर्जनौ म्युजिक भिडीयोमा, स्टेज कार्यक्रममा आफ्नो अभिनय मार्फत कला प्रदर्शन गरेकी छन । उनले जन्जिर, बोस, त्रास, द रिटर्न हिरो, तृष्णा, लाल्टिन जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन।
दुबईको देरा स्थित कालटर्न टावर होटलमा अप्रिल, १४ शुक्रबार दिउँसो २ः३० बजे देखी आयोजना हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको साथमा युएईमा रहेका नेपाली कलाकारहरु सदाबाहर गायक गोपिकृष्ण पंगेनी, गायक निश्चल श्री, सन्ध्या सुस्केरा, डिबी समर्पण, नबगायक प्रबेग दोङ, हास्यकलाकार ईन्द्र सिन्चुरी, डान्सर रोसनी सुब्बा, सोनी राना मगर, अञ्जुली लोप्चन लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहने छ भने सास्कृतिक कार्यक्रम बलराम बस्नेतले चलाउने आयोजकले जानकारी दिएका छन।
नेपाल देखी आएका कलाकारहरुले युएईबासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ मा उपस्थित भई नेपाली नया बर्ष कार्यक्रमको साथमा काल्टन टावर होटेलमा साँस्कृतिक कार्यक्रम हेर्दै मनाउनको लागि तिनै जना कलाकारहरुले चुले निम्तो भनेका छन । आयोजकले नेपालबाट आएका कलाकारहरुलाई अल मक्तुम एयरपोर्टमा स्वागत गर्दै कार्यक्रमको तयारी पुरा भएको जानकारी सस्थाका अध्यक्ष दिल कुमार लामाले जानकारी दिए।
