
युएई, चैत्र २९-
युएईमा कार्यरत पत्रकारहरुले सरकारलाई भिजिट भिसाका बारेमा आफ्ना सुझाव पठाएका छन् । नेपाल पत्रकार महासंघ, युएई शाखाले युएईस्थीत नेपाली दूतावास मार्फत यस्तो सुझाव पठाएका हुन् ।
महासंघले नेपाल सरकारले नागरिकको नैसर्गिक अधिकारमै धावा बोल्ने गरी युएई भ्रमणमा लगाईएको रोक प्रति खेद प्रकट गरेको छ । भिजिट भिषालाई बन्द गरे तस्करीलाई अझ थप बल पुग्ने छ भन्ने महासंघले जनाएको छ । मानव बेचबिखनमा संलग्न मानव तस्करहरुलाई कारवाहीको दायरामा ल्याई भिजिट भिषालाई ब्यवस्थित गर्नको लागि विभिन्न सुझाव युएई शाखाले दिएको हो ।
हेर्नुहोस् महासंघको पत्र
मिती १० अप्रिल, २०१७
श्रीमान प्रधानमन्त्री ज्यु,
प्रधानमन्त्रीको कार्यालय,
सिंहदरबार, काठमाडौ,
नेपाल ।
मार्फतः श्रीमान महामहिम कार्यबाहक राजदुत नेत्र बहादुर टण्डन ज्यु ।
नेपाली दुताबास अबुधाबी ।
बिषयः भिजिट भिषा सम्बन्धमा सुझाब सहित ध्यानाकर्षण गराएको बारेमा ।
महोदय,
नेपाल सरकारले नेपालीहरुलाई युएई लगातत खाडी राष्ट्रहरुमा भिजिट भिषा (टुरिस्ट भिषा) मा भ्रमण गर्न रोक लगाएको भन्ने बारे बिभिन्न मिडियाहरुमा केही दिन अघी आएको समाचार प्रति नेपाल पत्रकार महासंघ युएई शाखाको ध्यानाकर्षण भएको छ ।
दलाल र मानब तस्करहरुको बिभिन्न धम्कीहरुको बाबजुद पनि प्रबासमा रहेर हामी पत्रकारहरुले निस्पक्ष ढंगले नेपाली कामदारहरुको पक्षमा पटक पटक आवाजहरु उठाइरहेको कुरा यहाँलाई स्मरण गराउन चाहन्छौ । नेपाली दलालहरुका गलत आश्वसन र नेपाल सरकार अन्तर्गत एअरपोर्टमा रहेका अध्यागमन बिभागका भ्रस्ट कर्मचारीहरुका कारण सेटिङ गरी भिजिट भिषामा युएई आएर कयौ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु कामको खोजीमा भौतारिने गरेका छन । युएईमा भिजिट भिषामा ल्याएर उनिहरुलाई अन्य प्रतिबन्धित मुलुकहरुमा समेत सप्लाई गर्ने गरेको पाईन्छ । कयौ नेपाली चेलीहरुलाई युएई ट्रान्जिट बनाइ अन्य खाडी मुलुक लगायत प्रतिबन्धित मुलुकहरु ईराक, सिरिया, येमन लगायत बेचिने गरेको कुरा पनि प्रधानमन्त्री ज्युलाई अवगत नै छ । मानब बेच बिखनका यी कार्यहरुमा नेपाली मानब तस्कर र एअरपोर्टका कर्मचारीको सँलग्नता रहेको कुरा कसैसँग छिपेको छैन ।
नेपाल सरकारका प्रतिनिधिहरु, मन्त्री ज्युहरु, मानानीय साँसदहरु, नेतागण लगायत प्रधानमन्त्री स्वयम युएईको भ्रमणमा आएको बेला युएईमा रहेका पत्रकार, बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले उहाँहरुलाई यी यावत समस्याहरु सबिस्तार लगाइएकै हो । हामी युएईबासी नेपालीहरुले एअरपोर्टमा हुने गरेको सेटिङ बन्द गर्न र भ्रस्ट कर्मचारीहरुलाई कारबाहीको दायारामा ल्याउनलाई प्रधानमन्त्रीको भ्रमणको बेला उहाँ स्वयमलाई भेटेर अनुरोध गरेको ब्यहोरा पनि स्मरण गराउन चाहन्छौ । साथै प्रधानमन्त्री ज्यु बाट पनि नेपाल फर्कने बित्तिकै मानब तस्करीमा संलग्न ब्यक्तिहरुको पहिचान गरी कारबाही गर्ने आश्वासन समेत ब्यक्त भएको थियो ।
यी आश्वासनको बाबजुद नेपाल सरकारले नागरिकको नैसर्गिक अधिकारमै धावा बोल्ने गरी युएई भ्रमणमा लगाईएको रोक प्रती नेपाल पत्रकार महासंघ, युएई शाखा खेद प्रकट गर्दछ । भिजिट भिषालाई बन्द गरे तस्करीलाई अझ थप बल पुग्ने छ भन्ने हाम्रो विश्वाश रहेको छ । साथै मानब बेचबिखनमा संलग्न मानब तस्करहरुलाई कारबाहीको दायारामा ल्याई भिजिट भिषालाई ब्यवस्थित गर्नको लागि निम्न बमोजिमको सुझाब सहित नेपाल सरकारलाई हामी हार्दिक अनुरोध गर्दछौ ।
भिजिट भिषा ब्यवस्थित गर्नको लागि नेपाल पत्रकार महासंघ, युएई शाखाद्वारा प्रस्तुत केही सुझाबहरु यस् प्रकार रहेका छन:
१) युएईमा रहेका उच्च स्तरका (स्कील्ड) कामदारहरु जस्तै ईन्जिनियर, एकाउन्टेन्ट, नर्स, डाक्टर, ब्यापारी, अफिस स्टाफ लगायत जसको तलबमान कम्तीमा ४ हजार दिर्हाम रहेको छ उनिहरुको परिवार, आफन्त नातागोता तथा साथीभाइलाई पर्यटक भिसामा आउनको लागि अनुमती दिनु पर्ने । (युएईको कानुन अनुसार ४ हजार दिर्हाम तलब हुनेले श्रीमती र छोराछोरीलाई समेत ल्याउन पाउने नियम छ)
२) युएईमा रहेर जसले आफन्तलाई ल्याउन चाहने हो उसको तलब खुलेको प्रमाण र आवश्यक परेको खण्डमा अन्य कागजात (बैंक स्टेट्मेन्ट, स्यालरी सर्टि्फिकेट, घरको कन्ट्र्याक्ट आदि) नेपाली दुताबासले जाँचेर सिफारिस गरेपछी नेपाल सरकारले अनुमती दिनु पर्ने ।
३) नेपालबाट युएई भ्रमणमा आउन चाहने ब्यत्तिहरुको हकमा नेपाल सरकारको बैंक खातामा निस्चित रकम (कम्तीमा १ लाख) डिपोजिट राख्नु पर्ने र उक्त रकम नेपाल फर्केर गए पछी सक्कली रसिद देखाएर ब्यक्ति स्वयम उपस्थित भएमा फिर्ता दिनु पर्ने । यो ब्यवस्था भएको खण्डमा भ्रमणमा आएको ब्यक्ति युएईमा अलपत्र परेको अवस्थामा उक्त डिपोजिट रकमबाटै टिकट काटेर नेपाल फर्काउन सकिनेछ ।
४) यदि भ्रमणमा आएकोे ब्यक्तिले युएईमै रोजगार पाएको खण्डमा सोको प्रमाण नेपाली दुताबासमा पेश गरी दुताबासबाट नै श्रम स्वीकृत र इन्सुरेन्स गर्ने ब्यवस्था गरी निजले ईच्छाएको नजिकको ब्यक्तिले उक्त डिपोजिट रकम नेपालमा भुक्तानी लिन सक्ने व्यवस्था गर्नु पर्ने । डिपोजिट फिर्ता दिँदा १० प्रतिशत रकम राजस्व स्वरुप कट्टी गर्न सकिनेछ ।
५) युएईमा रहेका अन्य सामान्य कामदारहरुको हकमा भने उसले आफ्ना आफन्त नातागोता (नाता खुलेको प्रमाण पेश गर्नु पर्नेे) युएई घुम्न बोलाएको खण्डमा दुताबासमै निस्चित रकम (कम्तीमा १,००० दिर्हाम) डिपोजिट राखी अनुमती दिन सकिने । यो ब्यवस्था भएको खण्डमा युएईमा अलपत्र परेको अवस्थामा भ्रमणमा आएको ब्यक्तिलार्ई उक्त रकमबाटै टिकट काटेर नेपाल फर्काउन सकिनेछ ।
६) उमेरले ६० बर्ष नाघेका आफन्तहरुलाई युएई घुम्न बोलाएको अवस्थामा निजले नेपाल सरकारसँग कुनै पनि डिपोजिट राख्नु नपर्ने । तर सम्बन्धित देशमा रहेको नेपाली दुताबासलाई जानकारी गराई अनुमती लिनुपर्ने ।
७) युएई भ्रमणमा आएको ब्यक्ति नेपाल फर्केर गएको खण्डमा दुताबासमा डिपोजिट राखिएको रकमको १० प्रतिशत ( १०० दिर्हाम) राजस्व कट्टा गरी बाँकी रकम फिर्ता गर्न सकिनेछ ।
८)युएईमा रहेर काम गरिरहेका ब्यक्तिहरुको हकमा जसले आफन्त नातागोता भ्रमणको लागि बोलाउने हो उसले लगातार एक बर्ष सम्म आफ्नो “बेसीक तलब” को ७५ प्रतिशत रकम कानुनी च्यानलबाट रेमिट गरेको हुनु पर्ने । यो ब्यवस्थाले हुण्डी लगायतका गैरकानुनी च्यानलबाट पैसा रेमिट गर्ने कार्यलाई निरुत्साहित गर्नेछ । युएईमा रहेर ब्यापार गरिरहेकाहरुको हकमा यो नियम लानु हुनेछैन ।
९)नेपाल एअरपोर्टमा खटिने प्रहरी लगायत अध्यागम बिभागका कर्मचारीलाई हवाई यात्रामा रहने सबैलाई अनुशासित भई नम्र ब्यवहार गर्न निर्देशन दिई कडाइका साथ लागु गर्नु पर्ने ।
१०)नेपाल एअरपोर्टका कर्मचारीहरु सेटिङ गरी मानब तस्करीमा संलग्न भएको पाईएमा भबिस्यमा नेपाल सरकारको कुनै पनि निकायमा जागीरको लागि अयोग्य हुनेगरी बर्खास्त गर्नु पर्ने । यस्तो कार्यमा उनिहरुको संलग्नता भए नभएको छुट्याउन एअरपोर्टको अध्यागमनले पासपोर्टमा लगाईएको “एक्जिट र इन्ट्री स्टाम्प” वा रेकर्ड, हावाईजहाजको टिकट र भ्रमण गरेको ब्यक्ति स्वयम मध्ये कुनै एकलाई प्रमाणको रुपमा पेश गर्न सकिने । यी प्रमाण हुँदाहुँदै पनि कारबाही गर्न नसकिने कानुन भए नेपाल सरकारले तुरुन्त यस् प्रकारकोे कानुन बनाउनु पर्ने ।
११)सेटिङमा संलग्न हुने नेपाल सरकारका कर्मचारी, म्यानपावरका एजेन्ट वा अन्य कोही भए मानब ओसारपसार तथा बेचबिखनको मुद्दा चलाई सो ब्यक्तीको सर्बस्वहरण गरी आजिबन काराबासको सजाय तोकिनु पर्ने । पीडितको लागेको खर्च मानब तस्करबाट असुल उपर गराउनु पर्ने । त्यसको लागि आवश्यक कानुनको निर्माण गर्नु पर्ने भए तुरुन्त गर्नु पर्ने ।
१२)बिदेशमा बसेर कोही नेपाली मानब बेचबिखन, मानब ओसारपसार, तस्करी आदि अनैतीक कार्यमा संलग्न भएको पाईएमा उनिहरुलाई डिपोर्ट गरी नेपालको कानुन बमोजिम कारबाही अगाडि बढाईनु पर्ने । दुताबासले पीडित कामदारहरुको बयान र उनिहरुसँग भएको कागजातको प्रमाणको आधारमा आरोपित ब्यक्तीहरुलाई डिपोर्ट गरी नेपाल सरकारलाई कानुनी कारबाहीको लागि सिफारिस गर्न सक्ने । उक्त कार्यको लागि सम्पूर्ण अधिकार नेपाली दुताबासलाई प्रत्यायोजन गरिनु पर्ने ।
माथि उल्लेखित सुझाबहरुलाई नेपाल सरकारले सकारात्मक रुपमा ग्रहण गर्ने विश्वाश लिएका छौ । साथै तत्काललाई बैकल्पिक उपायहरु अपनाई भिजिट भिषालाई ब्यवस्थित गरी खुल्ला गर्नको लागि हामी हार्दिक अनुरोध गर्दछौ ।
सचिब
मेघराज सापकोटा
नेपाल पत्रकार महासंघ, युएई शाखा
माथि उल्लेखित सुझाबहरुलाई नेपाल सरकारले सकारात्मक रुपमा ग्रहण गर्ने विश्वाश लिएका छौ । साथै तत्काललाई बैकल्पिक उपायहरु अपनाई भिजिट भिषालाई ब्यवस्थित गरी खुल्ला गर्नको लागि हामी हार्दिक अनुरोध गर्दछौ ।
मेघराज सापकोटा
सचिव
नेपाल पत्रकार महासंघ, युएई शाखा
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}