काठमाडौं- रोजगारीका क्रममा विदेशमा रहेका नेपालीलाई आगामी स्थानीय तहको निर्वाचनमा भोट हाल्न पाउने व्यवस्था गर्न विवेकशील नेपाली पार्टीले माग गरेको छ । सभामुख ओनसरी घर्तीमगरलाई ज्ञापन पत्र बुझाएर सो पार्टीले मतदानको अधिकार मागेको हो । सो पार्टीले यसअघि देखि नै नोट चल्छ भोट चन्दैन भन्ने अभियान सञ्चालन गरिरहेको छ ।
संविधान निर्माण पश्चात देशमा पहिलो पटक तीन तहको निर्वाचन हुन लागेको भन्दै विवेकशीलले यो अवसरमा सम्पूर्ण नेपालीहरुलाई मताधिकारको प्रयोग गर्न दिइनुपर्ने माग गरेको हो । ज्ञापन पत्रमा देशको अवस्थाका कारण लाखौ नेपाली मतदाताहरु विदेशिन बाध्य भएको उल्लेख गर्दै विवेकशीलले उनीहरुलाई मताधिकार दिनुपर्ने उल्लेख गरिएको छ ।
विवेकशील नेपालीले यस अघि प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चित गर्न भन्दै निर्वाचन आयोगमा पनि ज्ञापनपत्र बुझाईसकेको छ ।
यो पनि पढ्नुहोस्
मलेसियाबाट श्रीमतिलाई फोन गरेपछि ………….