
काठमाडौं, चैत्र २७- कतारमा जारी ५ औं एसियन आप्रवासी फुटबल प्रतियोगिताकाे समूह ‘बी’को शीर्ष स्थानमा रहँदै नेपाल क्वाटर फाइनलमा प्रवेश गरेको छ । कतार फुटबल एशोसियनद्वारा आयोजित लिग प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई शुन्यको विरुद्ध ६ गोल पराजित गर्दै नेपाल क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
आप्रवासी खेलको लिगमा नेपालले श्रीलंकासँग बराबरी खेलेको थियो । यस्तै मलेसिया, फिलिपिन्स र जापानलाई हराएको उपाध्यक्ष राजन श्रेष्ठले बताए । शुक्रबार राति सिंगापुरसँग भएको खेलमा भक्त भण्डारीले दुई, शिव श्रेष्ठ, अमिर श्रेष्ठ, गणेश खड्का र अनिल धिमालले एक/एक गोल गरेका थिए ।
नेपाल १३ अंकसहित ‘बि’ समूहको शीर्षस्थानमा रहँदै समूह विजेता बनेको हो । नेपाली फुटबल टिमका अध्यक्ष सञ्जिव रानाभाटका अनुसार हालसम्मका खेलमा अर्जुन सुब्बाले (५), शिव श्रेष्ठले (४), अमिर श्रेष्ठले (३), भक्त भण्डारीले (३), गणेश खड्काले (३), अनिल धिमालले (२) गोल गरेका छन् ।
कान्तिपुरबाट
यो पनि पढ्नुहोस्
ऐन संशोधनको सुझावमा एनजिओहरुबीच नै होडवाजी