रिंगिट २३ रुपैंयाँबाट पनि तल झर्ने अवस्थामा, कति छ रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, चैत्र २७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ १३ पैसा र विक्रि दर २८ रुपैंयाँ ३० पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ३१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४७ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३३५ रुपैंया ७२ पैसा छ भनें विक्रि दर ३३७ रुपैंयाँ ६९ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ६९ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ २८ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ २३ पैसा छ । रिंगिटको मूल्य लगातार घटिरहेको छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय