
काठमाडौं, चैत्र २३–
जिफन्ट सहयोग समूह साउदी अरबले २ जना नेपाली महिलाको सकुशल उद्धार गरेको छ । भारतको बाटो भएर साउदी अरब आईपुगेकी गोरखाकी सीता कुमाल र झापाकी सुमित्रा तामाङको जिफन्टले उद्धार गरेको हो ।
बैदेशिक रोजगारीका लागि विगत ९ नौ महिना अगाडी साउदी आएकी कुमाल साउदी अरबको सकाखस्थीत एक घरमा घरेलु कामदारको रुपमा बन्दि जीवन बिताइ रहेको अवस्थामा जिफन्ट सहयोग समूहले उद्धार गरी नेपाली राजदूतावासमा पुर्याइएको हो ।
कुमालले आफूलाई घर फर्काइदिन घर मालिकसँग पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेको र मानसिक यातना दिएको बताएकी छन् । उनलाई मालिकले कुटपिट समेत गरेको तथा ५ महिनाको तलब पनि नदिएको भन्दै उद्धार गरिदिन कुमाल युवा समाजले जिफन्ट सहयोग समूह साउदी अरबलाई निवेदन दिएको थियो ।
यसैगरी ५ वर्ष अघि साउदी अरब आईपुगेकी झापाकी सुमित्रा तामाङ्गले पनि १९ महिना देखि तलब नपाएको र कुटपिट गरेको भन्दै दूतावासले सम्भव भए उनको समेत उद्धार गर्न आग्रह गरेको थियो । जिफन्ट सहयोग समुहले दुवै महिलालाई उद्धार गरि नेपाली राजदूतावास रियादमा पुर्याइएको हो ।
उद्धारका लागि जिफन्ट उद्धार टोलीमा जिफन्ट सदस्य बिमल तामाङ्ग र प्रतिनिधि राज तामाङ्ग खटिएका थिए । हालसम्म दर्जनौ पिडित महिलाहरुको उद्धार गरिसकेका जिफन्ट सहयोग समूहलाई यस उद्धारका लागि भने तीन दिन लागेको र ३४ सय किलोमिटरको यात्रा गर्नु परेको भन्दै यो उद्धारको काम हालसम्मकै जटिल कार्य भएको जिफन्ट साउदीका अध्यक्ष शमसेर तामाङ्गले बताए ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}