
युएई– युएईको कानून नेपालको भन्दा फरक छ । ईस्लाम धर्मावलम्वी मुलुक युएईमा बस्दा केहि बिषयमा ध्यान दिन जरुरी छ ।
युएईमा बस्दा यी कुरामा ध्यान दिनुहोस्ः
१. आफ्नो पासपोर्ट र भिसा दुरुस्त राख्नुपर्छ । समयावधि रहँदै पासपोर्ट र भिसा नविकरण भएको हुनुपर्दछ । पासपोर्टको समयावधि ६ महिना भन्दा लामो समय बाँकी रहेको हुनुपर्दछ । अन्यथा कानूनी समस्यामा पर्न सकिन्छ ।
२. बैंकका चेक, क्रेडिटकार्ड सुरक्षित रुपमा राख्नु पर्दछ । अन्यथा समस्यामा पर्न सकिन्छ ।
३. युएईको मुख्य धर्म ईस्लाम हो । त्यसैले ईस्लाम धर्ममा दैनिक रुपमा गरिने पाँच पटकको प्रार्थनाका बारेमा समेच रहनु पर्दछ । र सोको ईज्जत गर्नुपर्दछ । यसैगरी युएईको झण्डा, संकेतचिन्हहरुलाई सम्मान गर्नुपर्दछ ।
४. स्थानीय कानूनका बारेमा जानकारी राख्नु पर्छ र सो अनुरुप व्यवहार गर्नुपर्दछ ।
५. सडक पार गर्दा विशेष ध्यान राख्नु पर्दछ । सडक पार गर्न बनाइएको निश्चित ठाउँबाट हेरेर मात्र सडक पार गर्नुपर्दछ । तिव्र गतिमा आउने गाडीले पुर्याउन सक्ने हानीका बारेमा सदैव सचेत रहनु पर्दछ ।
६. रमादान लगायतका समयमा विशेष सचेत रहनु पर्दछ । सो समयमा सूर्योदय देखि सूर्यास्तसम्म सार्वजनिक स्थानमा खान तथा पिउन बन्देज हुने भएका कारण सो कार्य गर्नुहुन्न ।
७. साथमा सदैव आफ्नो परिचयपत्र हुनुपर्दछ ।
८. युएई छोड्नु अगाडी आफ्नो भिसा रद्ध गर्नुपर्दछ र फोन पनि बन्द गर्नुपर्दछ ।
९. महिलालाई कुनै दुव्र्यहार गरेमा ठूलो कानूनी सजाय हुन्छ । त्यसैले कुनै पनि महिलालाई जिस्क्याउने, ठूलो स्वरले बोलाउने, छुने जस्ता कार्य गर्नुहुँदैन ।
१०. कसैको पनि तस्वीर लिनु हुन्न, विशेष गरी महिला, परिवारको साथमा रहेकाहरु, सरकारी कार्यालयहरुको ।
११. युएई प्रवेश गर्न चाहनेहरुले विशेषगरी औषधि ल्याउनु पर्ने भएमा ति औषधिहरु इुएईमा प्रतिवन्धित हुन् वा होइनन् भन्ने यकिन गरेर मात्र ल्याउनु पर्दछ ।
१२. लाइसेन्स विना गाडी चलाउनु हुन्न । यसैगरी रक्सी पिउने र गाडी चलाउने काम गर्नुहुन्न ।
१३. माग्ने काम गर्नुहुन्न । यो प्रतिवन्धित छ ।
१४. कुनै पनि प्रकारका प्राकृतिक विपत्तिका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गर्नुहुन्न । यो स्थानीय कानून विपरितको काम हो ।
१५. युएईका सार्वजनिक भवनहरुमा चुरोट खानु हुन्न । यो गैरकानूनी काम हो ।
१६. श्रीमान् श्रीमति बाहेकको शारिरीक सम्वन्ध गैरकानूनी हो र दण्डनीय छ । यसैगरी समलिंगि सम्वन्ध तथा महिलाले पुरुष र पुरुषले महिलाको लुगा लगाउनु पनि अपराध हो । यस्तो गरेको पाइएमा कानून अनुसार सजाय हुन्छ ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}