काठमाडौं, चैत्र २२-
बैदेशिक रोजगार विभागले फ्रिभिसा, फ्रिटिकटमा उडेका कामदारको विवरण बुझाउने म्याद १० दिन थपेको छ । विभागका अनुसार व्यवसायीहरुले विवरण बुझाउन थप समय मागेका कारण १० दिन म्याद थपिएको हो ।
मंगलवारसम्ममा जम्मा १ सय ५ वटा म्यानपावर कम्पनीले मात्र विवरण बुझाएका छन् । त्यसमध्ये पनि अधिकाँश न्यून संख्यामा काम गर्ने म्यानपावर कम्पनी छन् । यसअघि विभागले गत चैत्र १ गते सुचना निकाल्दै ७ दिनभित्रमा सवै विवरण बुझाउन निर्देशन दिएको थियो । सो निर्देशन पश्चात चैत्र ८ गते बैदेशिक रोजगार व्यवसायी संघले सदस्यहरु वाहिर रहेको भन्दै समय अपुग भएका कारण म्याद थप्न आग्रह सहित पत्र पठाउको थियो । त्यसपछि विभागले थपेको १५ दिनको म्याद मंगलवार सकिएको थियो ।
संघका महासचिव रोहन गुरुंग संघले सहयोग गर्न १५ दिनको समय थप्न आग्रह गरेको भन्दै सो समयभित्र विवरण बुझाउँछौं नभनिएको बताउँछन् । यसअघि विभागले तोकिएको समयमा विवरण नबुझाए कारवाही गर्ने चेतावनी दिएको थियो । संघका महासचिव गुरुंग भनें विभागले अनावश्यक रुपमा व्यवसायी माझ आतंक फैलाएको भन्दै भिड्न परे त्यसका लागि संघ तयार रहेको बताउँछन् ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}
