चोरी अभियोगमा दुई नेपाली महिला पक्राउ  

हरि कृष्ण न्यौपाने, कुवेत, चैत्र २२- 

कुवेतको महाबुल्लामा स्थित एक ब्युटी पार्लर (सैलुन) मा कार्यरत दुई नेपाली आफैले काम गरिरहेको ब्युटी सैलुनबाट ९०० केडी (करिब ३ लाख १५ हजार नेपाली रुपैया) र मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका छन् । उनीहरुसँगै एक फिलिपिनी महिला पनि सोही अभियोगमा पक्राउ परेकी छन् ।   

कुवेतबाट प्रकाशित अनलाइन पोर्ट आइमानमातका अनुसार आफैले काम गर्दै आएको ब्युटी सैलुनबाट पैसा र मोबाइल चोरि गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । रोजगारदाताले उनीहरु विरुद्ध चोरीको अभियोग लगाएपछि प्रहरीले उनीहरुलाई पक्रेको हो । 

तर पक्राउ परेकाहरुको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । यस घटनाको बारेमा नेपाली दुताबास कुवेतमा पनि कुनै जानकारी नआएको दुतावासका द्धितिय सचिव भोगेन्द्र लिङ्देनले बताए।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CC_y1xJEB7Y?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय