काठमाडौँ- म्यानपावर कम्पनीहरुले फ्री भिसा फ्री टिकटमा खाडी मुलुक र मलेसिया गएका कामदारको विवरण उपलब्ध गराउन अस्वीकार गरेका छन् । वैदेशिक रोजगार विभागले फ्री भिसा फ्री टिकटमा खाडी मुलुक र मलेसिया गएका कामदारको विवरण एक साताभित्र उपलब्ध गराउन पत्राचार गरेकामा म्यानपावरहरुले अनेक बहाना गरेर विवरण बुझाउन अस्वीकार गरेका हुन् । विभागले चैत एक गते एक साताको समय दिएर म्यानपावर कम्पनीहरुसँग विवरण मागेको थियो ।
विभागका महानिर्देशक विश्वराज पाण्डेले एक साताको समयमा कसैले पनि विवरण नबुझाएपछि फेरि १५ दिनको समय दिइएको र म्यानपावर कम्पनीहरु अहिले विवरण नबुझाउनका लागि दवाब सिर्जना गर्नतिर लागेको बताए । उनले विवरण बुझाउनुको साटो उल्टै दवाब सिर्जना गर्नतिर लाग्नुले म्यानपावर कम्पनीहरुले कामदारहरुसँग मोटो रकम लिने गरेको पुष्टि भएको बताएका छन् । सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारका लागि २०७२ सालको असार २१ गतेदेखि फ्री भिसा फ्री टिकटको निर्णय लागू गरेको थियो ।
गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सरकारी निर्णय विपरित कामदारसँग रकम असुल्ने म्यानपावर कम्पनीलाई संगठित अपराध ऐन अनुसार कारवाही गरिने बताउँदै कामदारसँग रकम असुल गर्ने कम्पनीको विवरण प्रहरीले २ महिनादेखि संकलन गरिरहेको बताए । वैदेशिक राजगार विभागबाट अनुमति लिएर हाल ७ सय ५४ वटा म्यानपावर कम्पनीले नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् ।
कारोवारबाट
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/TXPYZnBUxH4?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}