पौरखी नेपालबाट अलग्गिए राई समुह, नयाँ संस्था दर्ता

काठमाडौं, चैत्र २०- 

सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्नेगरी नयाँ संस्था दर्ता भएको छ । सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्दै आएको संस्था पौरखी नेपालमा स्थापनाकाल देखि नै सक्रिय रहेका विजया राई लगायतको समुहले नयाँ संस्था दर्ता गरेको हो । गत माघ २९ मा पौरखी नेपालको १४ औं साधारणसभा बहिष्कार गरेका राई लगायतले आप्रवासी महिला कामदार समुह(अमकास) दर्ता गरेका छन् । 

नयाँ संस्थाको कार्य समिति ७ सदस्यीय रहेको छ जसमध्ये ४ जना पौरखी नेपालमा यसअघि सक्रिय रहेका थिए । अमकासको अध्यक्षमा विजया राई रहेकी छिन् भनें उपाध्यक्ष अग्नी गुरुङ, सचिव पुष्पा थापा र कोषाध्यक्ष गंगा लिम्वू रहेका छन् । राई पौरखी नेपालकी संस्थापक सदस्य हुन् भनें गुरुङ, थापा र लिम्वू सन् २००५ देखि कार्यसमिति सदस्य रहेर काम गरिरहेका थिए । 

विजया राई पक्षधरहरु समुह १४ औं साधारण सभामा सहभागि भएपनि निर्वाचन प्रकृयामा सहभागि भएको थिएन । उनीहरुले पारदर्शीता, सदस्य संख्या ओरालो लाग्नु तथा संस्थामा परिवारवाद हावी हुनु लगायतका विषयमा असन्तुष्टि जनाएका थिए ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय