नकल कफलाको भर नपर्न दूतावासद्धारा नेपाली कामदारलाई आग्रह

 

विन्देश तामाङ, रियाद, चैत्र १८- 

साउदी स्थीत नेपाली दूतावासले यहाँको सरकारले हाल अवैधानिक रुपमा बसिरहेका कामदारलाई स्वदेश फर्किन दिएको आममाफी कार्यक्रममा सहभागि भएर स्वदेश फर्किन अपिल गरेको छ । दूतावासले विज्ञप्ती जारी गरी आममाफीको समयसीमा(९० दिन) भित्र निवेदन दिएर स्वदेश नफर्किनेहरुलाई ठूलो आर्थिक जरिवाना तिराउने साउदी सरकारले दिएको चेतावनीलाई स्मरण गराएको छ । 

दूतावासले कुनै कफिलले नकल कफला गर्ने वा अकमा बनाइदिने वा वा बढी तलव दिने आश्वासन दिएमा पनि त्यसमा भर नपर्न आग्रह गरेको छ । आफू विश्वस्त भएर मात्र सम्पूर्ण कागजी प्रकृया पूरा गरेर मात्र नकल कफला गर्न आग्रह गर्दै भविष्यमा आइपर्ने समस्याबाट जोगिन विशेष सतर्क रहन यहाँ अवैधानिक रुपमा कार्यरत नेपालीलाई सजग गराएको छ ।  यसैगरी कफला गर्नै पर्ने भएमा एकमहिना भित्रै विधिवत रुपमा गर्न पनि दूतावासले आग्रह गरेको छ । 

सेवा सुविधा नदिएर, अकमा नबनाइदिएर वा शोषण भएर यसअघि भागेर काम गर्नु परेको बाध्यतालाई स्मरण गराउँदै दूतावासले अवैधानिक रुपमा बसेका नेपालीलाई बहिर्गमन भिषा लगाएर स्वदेश फर्किनलाई नै प्राथमिकता दिन आग्रह गरेको छ । 

यसैबीच दूतावासले आममाफीका लागि कसैको पनि अनावश्यक प्रलोभनमा नपर्न पनि अपिल गरेको छ । यसले कसैले त्यस्तो प्रलोभनमा परेर कसैलाई पनि रकम नदिन र दिन परेमा रसिद लिन आग्रह गरेको छ । यसैगरी कुनै पनि संघसंस्थाले पनि कागजी प्रकृयामा सहयोग गर्ने नाममा कसैसँग अनावश्यक रुपमा रकम उठाउन नपाउने भन्दै सचेत गराएको छ । आवश्यक पर्ने टिकट र कागजातको फोटोकपी आफूलाई जहाँ सहजता हुन्छ, त्यहिंबाट गराउन पनि दूतावासले नेपाली श्रमिकलाई जानकारी गराएको छ ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source} 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय