
काठमाडौँ- वैदेशिक रोजगारीका नाममा अनपढ महिलाहरुलाई जनही चार लाख रुपैयाँमा बेच्ने गरिएको र यसमा राज्य पक्षका व्यक्ति नै संलग्न रहेको संसदीय समितिले बताएको छ । व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले कतार, कुवेत, साउदी अरब र संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली कामदारको अवस्था अध्ययनपछि वैदेशिक रोजगारीका नाममा महिलाहरुलाई ४ लाख भन्दा बढी रकमका दरले बेच्ने गरिएको बताएको हो ।
समितिका सभापति प्रभु साहले समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा महिलाहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाटो हुँदै खाडी मुलुक पुर्याएर बेच्ने गरिएको र राज्य पक्षका व्यक्तिको संलग्नताबिना यस्तो बेचबिखन सम्भव नरहेको बताए ।
घरेलु कामदारका रुपमा बेचिएका महिलाहरु बलात्कार, कुटपिट र यौन शोषणको शिकार हुँदै आएका छन् । घर मालिकको यातना सहन नसकेर एजेन्टसमक्ष पुग्ने महिलालाई पुनः अर्को मालिकलाई बेच्ने गरिएको पनि समितिका सभापति साहले बताए । महिलाहरुको बेचबिखनमा संलग्न मानव तस्करहरु खासगरी संयुक्त अरब इमिरेट्सको अजमान र कुवेतको कुवेत सिटीमा बस्ने गरेको समितिले जनाएको छ ।
समितिले फ्री भिसा र फ्रि टिकट लागू हुनुको साटो कामदारसँग रकम असुलिनुमा पनि सरकारी संलग्नता रहेको दाबी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयको नेतृत्वको संलग्नताका कारण नै म्यानपावर कम्पनीहरुले कामदारसँग २ लाखसम्म रकम असुल्ने गरेको सभापति साहले बताए ।
समितिले चार देशमा कार्यरत नेपाली कामदारको अवस्था अध्ययनका क्रममा १ हजार भन्दा बढीसँग कुराकानी गरेको थियो । कुराकानीमा संलग्न कामदारले म्यानपावर कम्पनीलाई ५० हजारदेखि २ लाख रुपैयाँसम्म बुझाएको बताएका थिए ।
कारोवारबाट
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}