शंकास्पद रुपमा एक नेपालीको मृत्यु 

रञ्जना लम्साल, नवलपरासी, चैत्र १७– 

न्वलपरासीका रामबहादुर कार्कीको साउदी अरवमा शंकास्पद रुपमा मृत्यु भएको छ । उनी एक रुखमा झुण्डिएको अवस्थाको तस्वीर उनका साथिहरुले पठाएपछि उनको मृत्युका बारेमा परिवारले जानकारी पाएको थियो । 

रामबहादुरकी श्रीमति यममाया कार्कीका अनुसार उनी सानो डोरीमा झुन्डीएको र घुँडा टेकेको अवस्थामा मृत अवस्थामा भेटिएका थिए । उनको शरीरमा रगत जमेको डाम देखिएको हुँदा उनले आत्महत्या गरेको नभई हत्या गरेको हुनसक्ने भन्दै परिवारले सत्यतथ्य पत्ता लगाइदिन आग्रह गरेको छ । 

देउराली २ कोलियाका उनी दुई बर्ष अघि साउदी अरवमा रोजगारीका लागि गएका थिए । ४३ बर्षिय रामबहादुरका भाइ लक्ष्मण पनि हाल साउदीमै रोजगारीको शिलशिलामा छन् । उनले दाजुको मृत्युको खवर पाएपछि गएर शव हेरेको र शव शंकास्पद रहेको परिवारलाई बताएका थिए । उनी साउदी अरवमा एक होटलमा काम गर्दथे । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/n2_vN77ixAc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: