आममाफीको पहिलो दिन, १ सय ६० जनाले दूतावासबाट बनाए कागजात 

काठमाडौं, चैत्र १७- 

साउदी अरेवियामा अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारका लागि स्वदेश फर्किन सुरु भएको आममाफीको पहिलो दिन रियादस्थीत नेपाली दुतावासबाट १ सय ६० जना नेपालीले कागजपत्र बनाएका छन् । 

दूतावास श्रोतका अनुसार पहिलो दिन विहानै देखि स्वदेश फर्किन चाहने नेपालीको दूतावासमा लाम लागेको थियो । दूतावासले उनीहरुलाई स्वदेश फर्किन आवश्यक कागजात उपलव्ध गराएको छ । 

साउदी अरव सरकारले मार्च २९ देखि तीन महिने आममाफी सुरु गरेको छ । अवैधानिक रुपमा साउदी अरवमा बसेर काम गरिरहेका विदेशी कामदारलाई ९० दिन भित्रमा साउदी छोडिसक्न आव्हान गर्दै सो समय पश्चात पक्राउ परे ठूलो आर्थिक जरिवाना गर्ने चेतावनी त्यहाँको सरकारले यसअघि नै दिइसकेको छ । आममाफीको समय पश्चात पक्राउ पर्नेहरुले १५ हजार देखि १ लाख रियालसम्म जरिवाना तिर्नुपर्ने चेतावनी त्यहाँको सरकारले दिएको हो । 

रियादस्थीत नेपाली दूतावासले समयमै नेपाल फर्किन यसअघि आव्हान गर्दै सहयोग आवश्यक परे दूतावासमा सम्पर्क गर्न आव्हान गरेको थियो । आफूसँग राहदानी नभएका तथा अन्य कागजात आवश्यक पर्नेहरु दूतावास पुग्नु पर्दछ भनें साथमा सक्कल राहदानी भएकाहरु तथा अन्य कागजात आवश्यक नपर्नेहरु सिधै साउदीको सरकारी निकायमा गएर निवेदन दिनु पर्ने व्यवस्था मिलाइएको छ । 

तस्वीर सौजन्यः रियादस्थीत नेपाली दूतावासका प्रथम सचिव विजयकुमार राउतको फेसबुकबाट   

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CC_y1xJEB7Y?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: