कतारका राजदूतले गरे नेपाली श्रमिकलाई सम्मान

काठमाडौं- खाडी मुलुक कतारमा गएर श्रम–पसिना बहाउने हजारौं श्रमिकको योगदानलाई सम्मान गर्न कतारले प्रतिनिधि नेपाली श्रमिकको बर्सेनि सम्मान परम्परा थालनी गरेको छ ।

नेपालका लागि कतारका राजदूत युसुफ मोहम्मद अहमद मोम्मद अल–हेलले बुधबार यस्तो परम्परा थालनी गर्दै मंगलबार कतारमा २० वर्षदेखि श्रम गर्दै आएका धनकुटाका उत्तमकुमार लिम्बूलाई सम्मान गरे । राजदूतले लिम्बूलाई एउटा घडी र मोबाइल उपहार पनि दिए । 

महाराजगन्जस्थित कतार दूतावासमा आयोजित समारोहमा राजदूत युसुफ मोहम्मदले ‘कतार निर्माणमा नेपाली श्रमिकको उल्लेख्य स्थान रहेको’ टिप्पणी गरे । श्रमको सम्मान गर्नै हरेक बर्ष श्रमिक सम्मानलाई निरन्तरता दिइने उनले प्रतिबद्धता गरे । ५७ वर्षीय लिम्बू कतारको सनैयास्थित साडो ट्रेडिङ एण्ड कन्ट्राक्टिङ् कम्पनीमा मेसनका रुपमा कार्यरत छन् । धनकुटाको कुरुले तेनुपास्थित जानकी बुढासुब्बा प्राथमिक बिद्यालयमा शिक्षकको जागिर खोसिएपछि उनी मजदुरी गर्न कतार गएका थिए ।

कतारमा झन्डै ४ लाख नेपाली श्रमिक छन् । राजधानीमा जारी ‘काठमाडौं ट्रेनाले’ कला महोत्सवमा पनि श्रमिक उत्तरकुमारको २० वर्षयताको मजदुरी नियतिको कथा–व्यथा समेटिएको छ । उनले आफूले मजदुरी गरेरै एउटा छोरा मेखलाई कला विषयमा स्नातकोत्तर पढाएका छन् भने अर्का छोरा मानबहादुर वीरेन्द्र सैनिक स्कुलमा शिक्षक छन् । 

कलाकार छोरा मेखले नै आफ्ना बाबुको कतार–नेपाल ‘कनेक्सन’ लाई डिजिटल आर्ट, पेन्टिङ, भिडियो–क्लिपिङ र तस्बिरमा उतारेका हुन् । महोत्सवको संयोजन कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीकी कला प्राध्यापक डा. डीना वाङदेलले गरेकी हुन् ।

कान्तिपुरबाट

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय