कामदारलाई हप्तामा एक दिन छुट्टी दिनै पर्ने 

दोहा, चैत्र १६-

कतारको श्रम मन्त्रालयले हरेक कामदारलाई हप्तामा एकदिन तलवी विदा दिनु पर्ने निर्देशन दिएको छ । मन्त्रालयले रोजगारदाताहरुलाई यसबारेमा पुनः स्मरण गराएको हो । मन्त्रालयले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डल मार्फत यस बारेमा गत हप्ता रोजगारदाताहरुलाई सचेत बनाएको छ । मन्त्रालयले कानूनको स्मरण गराउँदै यसको पालना गर्न सचेत बनाएको हो । 

कतारको कानून अनुसार शुक्रवार काममा लगाइएमा कामदारलाई दुईवटा मध्ये एउटा कुनै सुविधा उपलव्ध गराउनु पर्नेछ । यसमा पहिले सट्टा विदा दिनुपर्नेछ भनें दोश्रोमा त्यो दिनको तलवको डेढ गुणा तलव उपलव्ध गराउनु पर्नेछ । कम्पनीहरुले यो नियम तोडेमा कामदारले उजुरी दिन पाउने प्रष्ट बनाइएको छ । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: