कति छ रियाल, दिरहम, रिंगिट र दिनारको मूल्य ?   

काठमाडौं, चैत्र १५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ५१ पैसा र विक्रि दर २८ रुपैंयाँ ६८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ २७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४३ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ६८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८४ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३४१ रुपैंया ६ पैसा छ भनें विक्रि दर ३४३ रुपैंयाँ ४ पैसा छ । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ३८ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ ९८ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ५४ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ६७ पैसा छ । रिंगिटको मूल्य लगातार घटिरहेको छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय