सप्तरीमा अव जिल्ला प्रशासन हाता भित्रै विदेश जानेलाई परामर्श 

राम प्रमेश मण्डल, राजविराज, चैत्र १५- 

जिल्ला प्रशासन कार्यालय, सप्तरीको हाताभित्र बैदेशिक रोजगार सम्बन्धि सूचना तथा परामर्श केन्द्रको भवन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले उद्घाटन गरेका छन् । भवन सामी परियोजना अन्तर्गतको सुचना तथा परामर्श प्रदान गर्न बनाइएको हो । 

सूचना तथा परामर्श केन्द्रको समुद्घाटन तथा समन्वय समितिको बैठकमा एससिडिसि नेपाल राजविराजका अध्यक्ष शम्भुनन्द चौधरीले स्वागत गर्दै सामी परियोजनाले गरेका मुख्य क्रियाकलाप तथा उपलब्धीहरुको वारेमा जानकारी गराएका थिए । सामी परियोजनाले नेपालमा गरेका कार्यक्रमहरु र पारेका प्रभावहरुको वारेमा सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत विजय ठाकुरले जानकारी गराएका थिए । 

सम्मान कार्यक्रम 

बैदेशिक रोजगारीमा देखिएका समस्या र रोजगारीमा जाने युवाहरुलाई सूचना र समस्या न्युनिकरणमा जिल्ला प्रशासन कार्यालय सप्तरीले गरेको योगदान र थप प्रभावकारीताको लागि प्रशासन कार्यालय हाता भित्र संरचना स्थापना गरि निरन्तर सहयोग गरेकोले प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाललाई स्थाानिय विकास अधिकारी तथा डिपिसिसि सप्तरीका अध्यक्ष सुदेव कुमार पोखरेलले  दोसल्ला ओढाई सम्मान गरेका थिए । 

त्यसै गरि बैदेशिक रोजगारीको क्रममा ठगिमा परेका आप्रवासीहरुलाई न्यायका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीका सम्पुर्ण प्रहरीहरुले गरेको योगदानको कदर गर्दै सप्तरी प्रहरी प्रमुख अनुराग द्धिवेदीलाई समेत दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/9X–CnN9Mhw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय