
लक्ष्मण सापकोटा,युएई, चैत्र १५-
युएईमा कार्यरत नेपाली श्रमीकले सरकारलाई जति समस्या सुनाए पनि समाधानको पहल नभएको भन्दै संसदिय टोलीमाथी आक्रोश पोखेका छन् । संसदको अन्र्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिका सभापति प्रभु साहको नेतृत्वमा सोमवार युईएको आवुधावि आएको टोलीलाई नेपाली कामदारले यस्तो आक्रोश पोखेका हुन् । युएईमा पटक पटक सरकारी टोली कामदारको समस्या संकलन गर्न आउने तर समस्या समाधानका लागि कुनै पहल नभएको भन्दै उनीहरुले आक्रोश पोखे ।
साउदी, कुवेत, कतार हुदै युएई आएको संसदिय टोलीलाई व्यवसायी कलाधर कँडेलले फ्रिभिसा, फ्रिटिकट भनिए पनि लाखौ रकम श्रमिकवाट लिने गरेको र रकम लिएको रसिद पनि मेनपावरले नदिने गरेको भन्दै मेनपावरवाट रसिद उपलब्ध गराउनको लागि सरकारलाई पहल गरिदिन आग्रह गरे ।
नेपालको एयरपोर्टमा सम्पुर्ण प्रक्रिया पुरा गरेको कागजपत्र देखाउँदा पनि रोक्न खोज्ने र पैसा दिए तत्काल कुरा मिल्ने भन्दै प्रवासी नेपाली मञ्च युएईका कार्यवाहक अध्यक्ष महेश गिरीले श्रम स्वीकृति र नविकरण गर्न अझै पनि झण्झटिलो प्रक्रिया भएको भन्दै एयरपोर्टवाटै श्रमको काम गर्नको लागि पहल गरिदिन आग्रह गरे ।
भिजिट भिसामा आएर भिसाको म्याद सकिएर अवैधानिक भई दुतावासमा सहयोगका लागि आईपुगेका लमजुङका सन्तवहादुर गुरुङलाई देखाउदै युएईमै कार्यरत रोशन संग्रौलाले सन्तवहादुर उदाहरण मात्रै भएको वताए । सेटीङमा भिजिट भिसामा पठाएर नेपाली कामदार अलपत्र पारी डलर संकलन गर्ने दलालको पहिचान गरि कार्वाहीको लागि पहल गरिदिन संग्रौलाले आग्रह गरे ।
कार्यक्रममा उपस्थित अधिकांशले समस्या राज्यकै निकायमा भएको वताएका थिए । कार्यक्रममा सहभागी श्रमिकले सरकारका मन्त्रि र सभासद जवसम्म सुध्रिंदैनन तवसम्म समस्या समाधान नहुने मात्रै होईन समस्या झन बढ्ने वताए ।
समस्या समाधान हुँदै हुँदैन भन्नु गलत
युएईमा कार्यरत कामदारको समस्या सुनेपछि संसदको अन्र्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिका सभापति प्रभु साहले समस्या समाधन हुँदै हुँदैन भन्नु गलत भएको वताए । साहले समस्या नै उठाउन छोड्ने र समाधानको लागि केही पनि हँुदैन भन्ने सोच राखेमा समस्याले झन विकराल रुप लिने भन्दै निराश नहुन आग्रह गरे । सरकारले मात्रै समस्या समाधान गर्न सम्भव नभएको भन्दै सवैको साथ आवश्यक रहेको र सवै मिलेर अगाडी वढे समस्या क्रमश समाधान हुने विश्वास उनले व्यक्त गरे । सरकारले नेपालमै रोजगारी सिर्जन गर्न नसकेर वाध्यात्मक रुपमा नेपालीहरु विदेश आउने गरेको भन्दै साहले विस्तारै नेपालमै रोजगारीको अवस्था सिर्जना हुने विश्वास ब्यक्त गरे ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/TXPYZnBUxH4?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}