सोल,चैत्र १४-
दक्षिण कोरियामा इपिएसबाट आएका नेपाली कामदार तपिन कटुवलको सोमबार निधन भएको छ । इटहरी– ५ हलगाडा निवासी २४ वर्षीय कटुवलको सुतेकै अवस्थामा अचानक निधन भएको संगै काम गर्ने उनका साथी गणेश तामाङले बताए ।
उनी कार्यरत कोरियाको छुङछङ नाम्दो खोङजुको जे फर्म नामक फुड कम्पनीको आवास कोठामा निधन भएको हो । उनी कोरिया आएदेखि नै तीन वर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका थिए । बेलुका राम्रै सुतेका उनी बिहान आलर्म बजेर पनि नउठेपछि हल्लाउँदा मृत भेटिएको संगै सुतेका साथी तामाङले बताए ।
पाँच महिनाअघि मात्र छुट्टीमा घरमा गएको बेला बिहे गरेर आएको तीन दाजुभाइ मध्ये कोरियामै रहेका कान्छा भाइ असिन कटुवलले बताए । हाल मृतकको शव प्रहरीले नजिकैको अस्पतालमा राखेको छ । घटनाबारे जानकारी आएको सोलस्थित नेपाली दूताबासका श्रम सहचारी देवराज ढकालले जानकारी दिए ।
कान्तिपुरबाट