साताको पहिलो दिन, कति छ रियाल, दिरहम, रिंगिट र दिनारको मूल्य ?   

काठमाडौं, चैत्र १३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ६७ पैसा र विक्रि दर २८ रुपैंयाँ ८४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ४२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५९ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ८४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३४२ रुपैंया ५२ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ ४९ पैसा छ । बहराइन दिनारको खरिददर २७६ रुपैंयाँ ९६ पैसा छ भनें विक्रि दर २७८ रुपैंयाँ ५५ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ५९ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ७३ पैसा छ । रिंगिटको मूल्य लगातार घटिरहेको छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय