कतारमा कार्यरत भोजपुरेहरुको दोश्रो साधारण सभा 

दिलीप पराजुली, दोहा, चैत्र १३-

भोजपुर सेवा समाज, कतारको दोश्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गोपाल बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बस्नेत यस अघिको कार्यसमितिमा उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको उपाध्यक्षमा क्रमशः सुमन तमोट, दिक्पाल राई, सचिव पर्वत कट्टेल, सह सचिव पंकज राई, कोषाध्यक्ष टेक बहादुर भण्डारी, सह कोषाध्यक्ष रामकुमार कोइराला रहेका छन । 

त्यसैगरि कार्यसमिति सदस्यहरुमा गणेश भुजेल, दिनेश पराजुली, अनिल कार्की, रामकुमार खड्का, श्याम थापा, प्रकाश राई, हेमराज अधिकारि, पर्शुराम बोहोरा, हरि कुमार घिमिरे, रेवन्त राम सुवेदी, हरि कुमार थापा र रमेश खड्का रहेका छन् । 

सन् २०१३ मा स्थापना भएर निरन्तर सामाजिक कार्य गरिरहेको भोजपुर सेवा समाज कतारले संस्थाका अध्यक्ष जयकुमार राईको अध्यक्षतामा दोश्रो साधारण सभा तथा बृहत बनभोज कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य बिनोद प्रसाद भट्टराई प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा दोहामा कृयाशिल बिभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि  भट्टराईले भोजपुर सेवा समाज, कतारले सामाजिक कार्यसंगै बिभिन्न संघ संस्थाहरुसंग पनि हातेमालो गर्दै अघि बढेको बताए । उनले बृहत कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि यसरी नै बृहत क्षेत्रलाई समेटेर अगाडी बढ्न सुझाव दिए । 

कार्यक्रममा विषेश अतिथि हंशराज ढकाल, भेषराज पराजुली, योगेन्द्र कार्की त्यस्तै अतिथिहरु केदार भुसाल, बिमल सुबेदी, कुमार कार्की, बिल गुरुङ, लेख कार्की आदिले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै भोजपुर सेवा समाज, कतारको स्थापनाकाल देखि अहोरात्र सहयोग गर्ने संस्थाका सल्लाहकार चिरन्जिबी तिम्सिना र तेज कटुवाललाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । सस्थामा हरेक क्षेत्रबाट सहयोग गर्नेलाई कदरपत्र र प्रशंसापत्रले सम्मान गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय