
विन्देश तामाङ, रियाद, चैत्र ११-
साउदी अरव सरकारले विदेशीलाई रोजगारीमा आउन रोक्दै स्थानीय नागरिकलाई रोजगारीमा राख्न कम्पनीहरुलाई दवाव दिन थालेको छ । बेरोजगार साउदी नागरिकको संख्या कम गर्न सरकारले यस्तो योजना कार्यान्वयनमा ल्याएको हो ।
बेलायती सञ्चार संस्था रोयटर्सका अनुसार हाल १२ दशमलव १ प्रतिशत रहेको साउदी नागरिकको बेरोजगारी दरलाई सन् २०२० सम्ममा ९ प्रतिशतमा झार्ने लक्ष्य अनुरुप साउदी सरकारले यस्तो योजना कार्यान्वयनमा ल्याएको हो । पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण कहिले आप्रवासी कामदारले स्वदेश पठाउने रकममा कर लगाउने त कहिले कामदारको संख्या कटौति गर्ने बताउँदै आएको साउदी सरकारले हाल स्वदेशी नागरिकलाई रोजगारीमा प्राथमिकता दिने नीति अगाडी सारेको छ ।
हाल विदेशी कामदार भित्रियाउन भिसाका लागि निवेदन दिंदा कम्पनीहरुले विभिन्न खालको झण्झट व्यहोर्नु परिरहेको समाचारमा जनाइएको छ । साउदी नागरिक र विदेशी कामदारबीचको अनुपात मिलाउन नसक्दा थुप्रै कम्पनीहरुले आर्थिक जरिवाना तिर्नुपरिरहेको छ ।
हालको नियम अनुसार ५ सय देखि २ हजार ९ सय ९९ जना कामदारलाई रोजगारी दिने कम्पनीले उच्च पदस्थ १ सय कामदार साउदी नागरिक राख्नुपर्ने नियम छ । यसैगरी अन्य क्षेत्रका कम्पनीले ३५ प्रतिशतसम्म साउदी नागरिकलाई रोजगारी दिनुपर्ने नियम छ ।
भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}