आममाफीमा सहभागि भएर स्वदेश फर्किन के गर्नुपर्छ ?

विन्देश तामाङ, रियाद, चैत्र ११-

साउदी अरव सरकारले हालै गैरकानूनी रुपमा बसिरहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन आममाफीको घोषणा गरेको छ । यहि मार्च २९ तारिख देखि ९० दिनका लागि लागु हुने आममाफी कार्यक्रममा सहभागि भएर स्वदेश फर्किन चाहनेहरुले निश्चित कागजात तयार पार्नुपर्दछ भनें केहि प्रकृयाहरु आवश्यक पर्नेछ । 

रियादस्थीत नेपाली दुतावासका अनुसार अकामा नबनेर वा भिसाको म्याद सकिएर अवैधानिक भएकाहरुले स्वदेश फर्किनका लागि अनलाइन मार्फत निवेदन दिनुपर्नेछ । यसैगरी भिजिट भिसामा आएर म्याद भन्दा बढी बसेकाहरुले पनि एयरपोर्टबाट एक्जिट पर्मिट लिएर स्वदेश फर्किन सक्नेछन् । 

सक्कल राहदानी भएकाहरुले सोही राहदानी सम्वन्धित सरकारी कार्यालयमा प्रस्तुत गरेर तथा सक्कल राहदानी नभएकाहरुले दुतावासले उपलव्ध गराइदिने यात्रा अनुमति(ट्राभल डकुमेण्ट) लिएर स्वदेश फर्किन सक्ने दूतावासले जनाएको छ । नयाँ जानकारीहरु दूतावासको वेभसाईट www.neksa.org तथा दूतावासको फेसबुक पेज मार्फत जानकारी गराइने दूतावासले जानकारी दिएको छ । 

हेर्नुहोस् दूतावासको सुचना 

भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/OYTgsk8CxPI?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: