मानसिक सन्तुलन गुमाएकी अनिशालाई बल्ल नेपाल पठाइयो

हरी कृष्ण न्यौपाने, चैत्र ११-

लामो समय देखी कुवेतमा मानसिक सन्तुलन गुमाई कुवेतको अलसभा अस्पताल स्वयकमा उपचार गराईरहेकी अनिशा बिक सात बर्ष पछी नेपाल पुगेकी छन । सिन्धुपाल्चोक मार्मिंग गाबिस ५ घर भएकी अनिशा बिक दुतावासको पटकपटकको प्रयास पछी कुवेत रेडक्रसको सहयोगमा एक भारतीय नर्सको साथमा नेपाल पुगेकी हुन। २०१० मार्चमा भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत आएकी २६ बर्षिय अनिशाले अबैधानिक रुपमा रहदानै बिष सेवन गररेकी उनले बिगत ३ बर्षदेखि मानसिक सन्तुलन गुमाएकी थिइन ।

अनिशा न त आफ्नो र आफन्तको नाम भन्न सक्छिन न त उनी आफ्नो ठेगाना बताऊन सक्छिन । पहिचान नखुलेर अस्पतालमा बेवारिसे बनेकी अनिशाको बारेमा बिभिन्न संचार माध्यममा समाचार आएपछि परिवार सम्पर्कमा आएका थिए । अनिशाका दाई बिशाल ईराकमा कार्यरत छन् । उनले बहिनीलाई नेपाल पठाउन सहयोग गर्ने सबै निकाय, दुतावास, उद्दारको लागि आग्रह गरिदिने सिन्धुपाल्चोक जिल्ला प्रशासन, बिभिन्न संचार माध्यामहरु प्रति आभारी रहेको बताए । 

यसअघि अनिशालाई नेपाल फर्काउन पटकपटक कुवेत विमानस्थल पुर्याइए पनि अनिशाको कानुनी प्रक्रिया तथा मानसिक अवस्था पूर्ण रुपले ठीक नभएकोले कुवेत विमानस्थलबाटै फर्काउनु परेको  थियो।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: