बैदेशिक रोजगारलाई सुरक्षित बनाउन क्षमताविकास तालिम

अशोक कुमार साह, राजविराज, चैत्र ११-

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका सदस्यहरु संगठित हुँदै गएका छन् । राजविराजमा आयोजित एक कार्यक्रममा केन्द्रका सदस्यहरुले समुदायमा बढ्दै गएको ठगीलाई कम गर्नका लागि सदस्यहरु बढाउँदै ठगी मुक्त समाज बनाउने प्रतिवद्धता जनाए । 

हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष जयबिन्द सिंहले बैदेशिक रोजगारको क्रममा सम्भावित आप्रवासी कामदारहरु एजेन्ट र म्यानपावर कम्पनीहरुबाट ठगीने गरेकोले त्यस्ता ठगहरुलाई कानूनी कारवाही गर्न सदस्यहरु बढाउँदै सूचनामुलक कार्यक्रम संचालन गर्ने बताए ।

जिल्लाको प्रत्येक टोल, समुदायमा आप्रवासी हकहित केन्द्र गठन गरी आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न साथै समुदायमा ठग्ने ऐजेन्ट, म्यानपावर कम्पनीको बिरोधमा आवाज उठाउने अध्यक्ष सिंहको भनाई छ । 

यसैबीच सवल नेपालद्धारा सामी⁄हेल्भेटास नेपालको सहयोगमा राजविराजमा आयोजित तीन दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । बैदेशिक रोजगारको सिलसिलमा बढ्दै गएको ठगीलाई न्यून गर्न तथा सूचनामा पहँुच पुर्याउन आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका सदस्यहरुलाई अझ सक्रिय गराउने उदेश्यले तालिमको आयोजना गरिएको हो । 

तालिममा बिदेश जाने क्रममा सम्भावित आप्रवासी कामदार तथा तिनका परिवारलाई सुरक्षित, लाभदायक बनाउन, सुचनाको पहँुच बढाउन र  ठगीवाट जोगाउने उपायका वारेमा बृहत छलफल गरिएको थियो ।

तालिममा सामी⁄हेल्भेटास नेपालका कार्यक्रम अधिकृत बिजय ठाकुर, जिल्ला परियोजना संयोजक देव नारायण चौधरी, सुचना तथा परार्मश केन्द्रका संयोजक रामप्रमेश मण्डल, सवल नेपालका कार्यक्रम संयोजक असोक साह, आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष जयबिन्द सिंह लगायतले सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा जिल्लाभरीका आप्रवासी कामदार हकहित केन्द्रका सदस्य र आप्रवासी कामदार परिवारका सदस्यहरु सहित ४५ जनाको सहभागीता थियो । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/9X–CnN9Mhw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय