
इनरुवा चैत्र १०-
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, सुनसरीको पुनर्गठन गरिएको छ । इनरुवामा भएको केन्द्रको विशेष साधारण सभाबाट समितिले अपेक्षाकृत रुपमा कार्य नगरेको ठहर गर्दै समय अगाडी नै पुनर्गठन गरिएको हो ।
कुमारी रम्तेलको अध्यक्षतामा भएको विशेष साधारणसभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ अध्यक्षमा श्रवण राजधामी चयन भएका छन् । उपाध्यक्षमा कुमारी रम्तेल, सचिवमा अनिल विश्वास, सहसचिवमा प्रमिला भटराई र कोषाध्यक्षमा चन्द्र राई रहेका छन् । यसैगरी सदस्यहरुमा मनोज कुमार मेहता, माया पाँचकोटी, देव नारायण यादव, चन्दा राय, राजिव कुमार मेहता, असररिद्धिन अन्सारी चयन भएका छन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि ग्रामिणस्तरमा जनचेतना जगाउने, पिडित आप्रवासी कामदारलाई न्याय दिलाउन पहल गर्ने, ठगीमा पर्नबाट जोगाउन पहल गर्ने, गाउँपालिका र नगरपालिकामा संगठन विस्तार गर्ने लगायतका गतिविधि आप्रवासी हकहित संरक्षण केन्द्रले गर्दै आएको छ ।
भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/OYTgsk8CxPI?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}