हटेन कोरियाको भाषा परिक्षाको झण्झट  

काठमाडौँ- सरकारले रोजगारीका लागि दक्षिण कोरिया जान चाहने युवा युवतीहरुका लागि आवेदन फारम खुलाएको छ । वैदेशिक रोजगार विभाग अन्र्तगतको ईपीएस कोरिया शाखाले बुधबार भाषा परीक्षाको आवेदन खुलाएको हो । अनलाइनमार्फत आवेदन बुझाउने व्यवस्था मिलाइएपनि युवायुवतीले घण्टौं लाइन बस्नुपर्ने  वाध्यता भने यो पटक पनि दोहोरिएको छ । ईपीएस कोरिया शाखाले आवेदन खुलाएसँगै आवेदन बुझाउनेहरुको भीड लागेको छ । यो पटक अनलाइनमार्फत फाराम भर्ने व्यवस्था मिलाइएकोमा परीक्षाका लागि आवेदन दस्तुर तिर्न भीड लागेको हो । 

ईपीएस कोरिया शाखाले ग्लोबल आइएमई बैंकका काठमाडौं उपत्यकाभित्रका ३० र वाहिरका ५७ वटा शाखाबाट परीक्षा दस्तुर लिने व्यवस्था मिलाएकोमा सबैजसो शाखामा भीड लागेको छ । दस्तुर बुझाउन घण्टौं लाइन बस्नुपरेपछि युवा युवतीहरुले आक्रोश पोखेका छन् । अनलाइनमार्फत फारम भर्ने व्यवस्था मिलाइए पनि दस्तुर बुझाउनका लागि पाँच घण्टासम्म लाइन बस्नुपरेकाले गत वर्ष जस्तै सास्ती झेल्नुपरेको युवायुवतीहरुको गुनासो छ । 

कोरिया जान चाहने युवायुवतीले आठौं भाषा परीक्षामा सहभागी हुन २४ अमेरिकी डलर तिर्नुपर्छ । परीक्षा दस्तुर बुझाइसकेपछि आफूलाई अनुकुल हुने स्थानबाट इओइआरएस डट इपीएसनेपाल डट जीओभी डट एनपीमा गइ फाराम भर्न पाइन्छ । ईपीएस कोरिया शाखाले गत वर्ष १० वटा केन्द्रबाट आवेदन संकलन गरेको थियो । आकर्षक तलबका कारण कोरिया जान चाहनेको संख्या वर्षेनि बढ्दै गएकाले संकलन केन्द्रमा युवायुवतीको लाइन सम्हाल्नै कठिन भएपछि अनलाइनमार्फत आवेदन भर्ने व्यवस्था मिलाइएको हो ।

विगतका वर्षमा एकपटक लाइन बसे पुग्नेमा यो पटक घण्टौं लाइन बसेर दस्तुर तिरेपछि फारम भर्नका लागि साइबरतिर धाउनुपर्ने झन्झट आइलागेको युवायुवतीहरुले बताए । फाराम भर्ने म्याद चैत १८ गतेसम्म रहेको छ । दक्षिण कोरियाले यो पटक कृषि तथा पशुपालनतर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार लाने बताएको छ । 

कोरियाले कोटा बढाएका कारण तथा अनलाइनमार्फत फारम भर्ने व्यवस्था मिलाइएकाले यो पटक करिब ८० हजार जनाले आवेदन भर्ने इपीएस कोरिया शाखाको अनुमान छ । गत वर्ष ६१ हजार जनाले आवेदन बुझाएका थिए । 

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: