काठमाडौं, चैत्र ९-
सन् २०१८ का लागि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम बुधबार(आज) देखि खुलेको छ । आवेदन आगामी चैत्र १८ गतेसम्म भर्न सकिनेछ । ईपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार यसपटक देखि परिक्षा फारम अनलाइन मार्फत भर्नुपर्नेछ । यसले अघिल्ला बर्षहरुमा जस्तै ईच्छुक युवाले राती देखि नै लाम लाग्नु पर्ने बाध्यता हटाउने खतिवडाले विश्वास प्रकट गरे । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए ।
अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंकका तोकिएका शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । परिक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम बुझाउन सकिनेछ ।
नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । यो वर्षको परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परिक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ । परिक्षार्थीले आफ्नो नतिजा आफूले प्राप्त गरेको अंकसहित रिजल्ट हेर्न पाउने छन् । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ ।
एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन र्फम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नुपर्नेछ । उत्पादनमुलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषि तर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ । अनलाइन मार्फत आवेदन दिन चाहनेले https://eoers.epsnepal.gov.np/ मा क्लीक गर्नुहोला ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}