युएई, चैत्र ८- युएईको रस अल खैमहमा मानसिक रुपमा बिच्छिप्त भई अलपत्र परेका डोटी केलनाका शेरबहादुर खातीलाई अबुधाबीस्थित नेपाली दुताबासले उद्दार गरी नेपाल पठाएको छ । खातीलाई गत मार्च १७ तारिकका दिन नेपाल एअरलाइन्सको उडान मार्फत नेपाल पठाइएको हो ।
नेपाली दुताबासकी श्रम सहचारी हीरा यादवका अनुसार एनआरएनए युएईको सहयोगमा खातीलाई नेपाल पठाउन सकिएको हो । उनको उद्दारको लागि टिकट र अन्य खर्च गरेर ३० हजार रुपैयाँ भन्दा बढी खर्च भएको श्रम सहचारी यादवले बताईन् । उक्त खर्च एनआरएनए रस अल खैमह क्षेत्रिय समिति र केन्द्रिय समितिले बेहोर्ने भएको छ ।
खातीलाई युएईको रस अल खैमह स्थित सैफ अस्पतालको ‘साइकियाट्रिक वार्ड’मा उपचारको लागि भर्ना गरेको थियो । दुबईस्थित एक क्लिनिङ कम्पनीमा काम गर्ने उनी गत जनवरी २ तारिक देखि कम्पनीबाट सम्पर्क विहिन भएका थिए । बेपत्ता भएको केही हप्ता पछी उनलाई अजमानमा रहेको खालिफा अस्पतालबाट रस अल खैमह स्थित सैफ अस्पतालमा सरुवा गरिएको थियो ।
उनलाई बेवारीसे अवस्थामा अस्पताल ल्याईएका अस्पतालले जनाएको छ । उनको टाउकोमा र हात खुट्टामा चोट लागेका दागहरु छन । अस्पतालका अनुसार चोटका कारण खातीको “ब्रेन हेमरेज“ भएको थियो । हाल उनी स्वस्थ रहे पनि उनलाई लामो समयसम्म पारिवारिक वातावरणमा उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।
एनआरएनए रस अल खैमहका अध्यक्ष राजेन्द्र रोस्याराले खातीको उद्दारको लागि बिशेष पहल गरेका थिए ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}