वैदेशिक रोजगारमा जानेको बीमा कभरेज २० लाख पुग्यो, प्राणघातक रोग पनि थपियो

काठमाडौं, चैत्र ८-

बैदेशिक रोजगारीकालागि जाने नेपालीहरुको बीमा शुल्क सरकारले बर्ष दिनमै चार पटक बढाएको छ। सरकारले बढाएको शुल्कमा बीमा कभरेज सुविधा भने चार गुणाले बृद्धि गरेको छ। २०६७-६८ सालमा १९७० रुपैयाँ बीमा शुल्क लिएर दुई वर्षको बीमा गरिन्थ्यो। त्यतिबेला दुई वर्षको करारमा दुई वर्षको मात्रै बीमा हुन्थ्यो भने रोजगारमा गएकाहरुले ५ लाख रुपैयाँसम्म मात्रै दावी गर्न पाउँथे।

अब भने रोजगारीमा गएकाहरुले ३९२४ रुपैयाँ बीमा शुल्क तिरेर २० लाख रुपैयाँसम्मको बीमा कभरेज पाउने भएका छन्। २०७३ फागुनबाट सरकारले प्राणघातक रोग लागेमा ५ लाख थप पाउने सुविधा थप्दै कुल कभरेज २० लाख रुपैयाँ पुर्याएको हो। बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले कभरेज बढाउँदै बीमा शुल्क २०७३ सालमा मात्रै चार पटक बढाएको हो। पछिल्लो शुल्क ४०० रुपैयाँ बढेको छ।

बसमा मनपरी कमिसन लिएको भन्दै बीमा समितिले हस्तक्षेप गरेर २०६९ मंसिरदेखि १८२५ रुपैयाँ बीमा शुल्क लिने गरि  वैदेशिक रोजगार बीमा सुरु गरेको थियो। त्यसपछि रोजगारीमा गएकाको मृत्यु भएमा शव ल्याउन ५० हजार रुपैयाँ पनि दिने व्यवस्था पनि थपिएको थियो।

प्राणघातक रोगमा निम्न रोगहरुलाई समावेश गरिएको  

) क्यान्सर  (Cancer)       
) मृगौला  (Kidney Failure)          
) उच्च रक्तचाप  (Primary Pulmonary Arterial Hypertension)     
 ) प्रमुख अँग प्रत्यारोपण  (Major Organ Transplant)    
) क्रोनरी धमनी वाईपास  (Coronary artery by-pass grafts)         
) महाधमनी सर्जरी  (Aorta Graft Surgery)     
) मुटु भल्भ सर्जरी  (Heart Valve Surgery)          
) झड्का   (Stroke)      
) रोधगलन  (Myocardial Infarction)       
१०) कोमा  (Coma)   
११) पूर्ण दृष्टी बिहिन  (Total Blindness)          
१२) प्यारालाईसिस  (Paralysis)     
१३) ब्रेन ट्यूमर (Benign brain tumor)   
 १४) बिभिन्न भाग सुन्नीएको  (Multiple Sclerosis)           
१५) मानसिक रोग  (Mental illness)

 

विजमाण्डुबाट 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: