३० पुगेको रियाल २८ मा उत्रियो, कति छ दिरहम, रिंगिट र दिनारको मूल्य ?   

काठमाडौं, चैत्र ८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ६५ पैसा र विक्रि दर २८ रुपैंयाँ ८२ पैसा रहेको छ । यसअघि कतारी रियालको विक्रि दर ३० रुपैंयाँ नाघेको थियो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ४१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५७ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ८२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९८ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३४२ रुपैंया ९ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ ५ पैसा छ । बहराइन दिनारको खरिददर २७६ रुपैंयाँ ७५ पैसा छ भनें विक्रि दर २७८ रुपैंयाँ ३४ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ५७ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ७० पैसा छ । रिंगिटको मूल्य लगातार घटिरहेको छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: