श्रीमानले विदेशबाट श्रीमति लिएर आएमा मैले पनि अर्को विहे गरेर यहि घरमा बस्न पाउँदिन ? 

 

प्रश्नः मेरो घर चितवन हो । नाम गोप्य राखिदिनु होला । मेरो एउटा जिज्ञासा छ जुन यसप्रकार छः मेरो श्रीमान् विदेशमा छन्, मलेसियामा । उनी घर फर्किदै छन् रे, उतैबाट अर्की श्रीमति लिएर । म अंश लिएर छुट्टीनु भन्दा उनी आउँदा अर्को पुरुष लिएर त्यहि घरमा बस्न पाउँछु की पाउँदिन ? कानूनी व्यवस्था के छ ?

उत्तर(अधिवक्ता सुजन पन्त): यो जटिल कुरा हो । कुरा सुन्दा तपाई दुर्इको सम्बन्ध कानुनी रुपमा मात्र पति पत्निको रुपमा देखिन्छ। व्यक्तिगत रुपमा तपाईं दुवैले अर्कैसंग विवाह गरेको वा गर्ने अवस्थामा रहेको देखिन्छ। नेपालमा कानुनतः सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गर्ने छुट पतिलाई छैन । जुनसुकै अवस्थामा पहिलो श्रीमतिले प्रहरीमा बहुबिवाहको उजुरी गरेमा श्रीमानलाई १ देखि ३ बर्ष कैद तथा जरिवाना समेत हुने कानुनी ब्यवस्था छ। तसर्थ जे नै भए पनि श्रीमानले सम्बन्ध विच्छेद गरेर मात्र दोस्रो श्रीमती भित्रियाउन सक्छ । 

रह्यो तपाईले अर्को विवाह गरेर त्यहि घरमा बस्न मिल्छ की मिल्दैन भन्ने सन्दर्भ, तपाई पनि त्यसरी बस्न मिल्दैन । यदि तपाईको सम्वन्ध विच्छेद हुँदा तपाईको श्रीमानबाट अंश वापत  तपाईले सो घर प्राप्त गरेमा पछि तपाई अर्को विवाह गर्न र बस्न पाउनुहुन्छ । तर हालको श्रीमानसँग सम्वन्ध विच्छेद नहुँदै तपाईले अर्को विवाह गरेमा तपाईले हालको श्रीमानबाट अंश पाउन नसक्ने अवस्था हुन्छ ।  

यो पनि पढ्नुहोस् 

म विदेशमा हुँदा घर छोडेर हिंडेकी श्रीमतिलाई अंश दिनु पर्छ की पर्दैन ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय