संघिय समाज, युएईले एकीकरण दिवस मनाउने 

युएई, चैत्र ६- 

नेपाली सङ्घिय समाज, युएईले आगामी जुन १५ मा पार्टी एकीकरण दिवस भव्यरूपमा मनाउने भएको छ । समाजका अध्यक्ष हरि बहादुर घर्तिमगरको अध्यक्षता तथा सङ्घिय समाजवादी फोरम नेपालका पार्षद् डेरराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले एकिकरण दिवस लगायतको निर्णय गरेको हो । 

अवुधावीमा सम्पन्न समाजको ११ औं बैठकले तात्कालिन सङ्घिय समाजवादी पार्टी, नेपाल, मधेसी जनअधिकार फोरम, नेपाल र खस समावेशी पार्टी नेपाल, एकीकरण भई सङ्घिय समाजवादी फोरम, नेपाल बनेको दिन १५ जुनलाई एकीकरण दिवसको रुपमा मनाउने भएको हो । सो का लागि आबुधाबी फल्कलर थिएटर सोसाइटी हलमा एक भव्य कार्यक्रम गर्ने र उक्त कार्यक्रमको निमित्त  नेपालवाट फोरमका अध्यक्ष उपेन्द्र यादवलाई निम्ता गर्ने निर्णय भएको छ । यसैगरी यादवसँगै पहिचानवादी गायक राजन राई र चर्चित ूसाइली गितू का गायक हेमन्त रानामगरलाई पनि आमन्त्रण गरिने भएको छ । 

एकीकरण दिवस मनाउन वरिष्ठ उपाध्यक्ष दिपराज न्योहाङ्ग संयोजक र सङ्घिय महिला समाजकी अध्यक्ष शुशी पुलामी मगर सहसंयोजक रहेको ११ सदस्यीय कार्यक्रम तयारी समिती गठन गरिएको छ । जसमा साँस्कृतिक संयोजक सुर्य आले मगर र सहसंयोजक सुर्य कुमारी लामा, आर्थिक संयोजक कटक राई, व्यवस्थापन संयोजक पासाङरेन्जी शेर्पा र यातायात संयोजक रमेश राईलाई तोकिएको छ । 

बैठकले मुलूकको समसामयिक राजनीतिक अवस्थालाई गम्भीर रूपमा समिक्षा गर्दै न्याय, समानता र अधिकारको मुद्दाको बिरुद्धमा, जवरर्जस्ती जारी गरिएको संविधानलाई परिमार्जन सहित संशोधन विना, कूनै प्रकारको निर्वाचन हुन नसक्ने भन्दै फोरमले लिएको अडानलाई प्रवासवाट जोडदार समर्थन गर्ने निर्णय गरेको छ ।  न्याय, समानता र अधिकारको पक्षमा भई रहेको आन्दोलनलाई समर्थन गर्न, देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा विशेष आग्रह पनि बैठकले गरेको छ। केही दिन अघि सरकार र नेकपा एमालेको अकर्मण्यताका कारण सप्तरीमा भएको गोलीकाण्डको भर्त्सना गर्दै गोली लागेर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारप्रति बैठकले समवेदना प्रकट गरेको छ । 

समाजलाई आगामी दिनमा चुस्त, दुरुस्त र प्रभावकारी किसिमवाट अगाडी बढाउन, यस अगाडीको क्षेत्रीय स्तरको संगठनात्मक ढाचालाई खारेज गर्दै, फोरमको प्रस्तावित अवधारणा अनुरुप, नेफेसो प्रादेशिक समितिको निर्माण गरी त्यसको संयोजक समेत तोकिएको छ । यसमा नेफेसो लिम्बुवान संयोजकमा वरिष्ठ उपाध्यक्ष दिपराज लिम्बू, तामाङ्सालिङ संयोजकमा उपाध्यक्ष बाबुराम लोप्चन, खसआर्य संयोजक उपाध्यक्ष नवराज भूसाल, मगरात संयोजक सचिव केहर सिं श्रीस मगर, शेर्पा संयोजकमा भुपु अध्यक्ष एवं सल्लाहाकार पासाङरेन्जी शेर्पालाई चयन गरिएको छ । यसैगरी मधेस संयोजकमा विनोद पासवान, नेवा संयोजकमा इर्जु ताम्राकार, तमुवान संयोजकमा उर्मिला तमुस्योलाई चयन गरियो । यसैगरी थरुहट संयोजकमा गणेश थारु, शिल्पी संयोजक योगराज बर्देवा, किरात संयोजकमा अन्चल राई चयन भएका छन । यसैगरी उपाध्यक्ष बाबुराम लोप्चनको संयोजक र प्रमुख सल्लाहकार कटक राईको सहसंयोजकत्वमा सङ्घिय व्यवसायी समिति निर्माण गरी सम्पूर्ण सङ्घिय व्यवसायीहरुलाई गोलवद्द गर्ने जिम्मा दिइएको जनाइएको छ। 

सङ्घिय मिडियाकर्मि अध्यक्ष मुन्छेराई र समाजका उपाध्यक्ष बाबुराम लोप्चनलाई अविलम्ब नेपाली सङ्घिय समाज युएईको आधिकारिक वेभसाइट बनाउने जिम्मा दिइएको छ । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: