कामदारको समस्या समाधानका लागि मलेसिया र खाडीमा सरकारी टोली जाने

काठमाडौँ, चैत्र २– सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। शिविरमा राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, श्रम सम्झौताको करार अवधि नवीकरण, बिमा नवीकरण, कल्याणकारी कोषको रकम थप लगायत काम गरिनेछ।

गत फागुन २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले वैदेशिक रोजगारीको समस्या समाधान गरी प्रतिवेदन तयार पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव टङ्कमणि शर्माको संयोजकत्वमा कार्यदल गठन गरेका थिए।

कार्यदलमा गृह, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सदस्य छन्। प्रधानमन्त्रीले शिविर सञ्चालन गरेर भए पनि कामदारको समस्या समाधान गर्न कार्यदललाई निर्देशन दिएका थियो।

कार्यदलले शिविर सञ्चालन गर्न आवश्यक प्रक्रिया सुरु गरेको कार्यदलका आमन्त्रित सदस्य सुशील ढुङ्गानाले जानकारी दिए। कुवेत, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र मलेसिया लगायतका नेपालीको प्रमुख गन्तव्य मुलुकका विभिन्न सहरमा पुगेर शिविरले कामदारका लागि सहजीकरण गर्नेछ।

विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपालीलाई वैधानिक बनाउन तथा त्यहाँ कार्यरत नेपालीको समस्या पहिचान गर्न शिविरले काम गर्ने अपेक्षा गरिएको छ। रासस

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: