अवैध यौन सम्वन्ध र मदिरा नेपाली कामदारका समस्या 

यूएई, चैत्र २- यूएईको कानुनमा मदिरा सेवन र अवैध यौन सम्बन्धलाई कानुनको गम्भीर उल्लंघनका रूपमा लिइन्छ । तर, कतिपय नेपाली यूएर्ईको कानुनी प्रावधानको जानकारी नभएर अप्ठ्यारोमा पर्ने गरेका छन् । केही नेपालीहरूले मदिरा सेवन र अवैध यौन सम्बन्धका कारण मुद्दासमेत झेलिरहेका छन् । वैदेशिक रोजगारीका लागि यूएर्ई आएका नेपाली कामदारले स्थानीय कानुनको बेवास्ता गर्दै मदिरा सेवन गर्ने तथा अवैध यौन सम्बन्ध राख्ने भएकाले समस्या थपिएकोे नेपाली दूतावास यूएर्ईको भनाइ छ ।

यससम्बन्धी सचेतनाका लागि हालै बरदुबईमा आयोजना गरिएको कार्यक्रममा कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले यूएर्ईका कारागारमा रहेका नेपालीमध्ये अधिकांश मदिरा सेवनका कारण फसेको जानकारी दिए । कारागारमा रहेका मध्ये झण्डै २० प्रतिशत अवैध यौन सम्बन्धको केसमा परेको उनले बताए । स्थानीय कानुनलाई बेवास्ता गर्दै जथाभावी मदिरा सेवन गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउने, जथाभावी झैझगडा गर्ने आदिका कारण नेपालीहरू जेल पर्ने गरेको उनको भनाइ छ ।

“ज्यानसम्बन्धी कसुरमा जेलमा रहेका नेपाली पनि मदिरा सेवन गरी सो घटनामा संलग्न देखिएको छ,” उनले भने । यूएर्ईको कानुनमा मदिराको खुला बिक्रीवितरण तथा सेवन पूर्ण रूपमा वर्जित छ । अनुमतिप्राप्त स्थानबाट मात्र मदिरा खरिद गरी सेवन गर्न पाइन्छ । त्यसका लागि पनि लाइसेन्स आवश्यक पर्छ । लाइसेन्स भएका व्यक्तिले खरिद गरिएको मदिरा सार्वजनिक रूपमा पिउन पाउँदैनन् ।

गएको नोभेम्बरमा दूतावासका प्रतिनिधिले यूएर्ईका आठवटा जेलमा पुगेर संकलन गरेको तथ्यांकमा सय जना नेपाली कारागारमा रहेको पाइएको थियो । त्यसमध्ये ४२ जना मदिरा सेवनको मुद्दामा रहेको पाइएको दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिए । 

यूएर्ईमा प्रतिमहिना विभिन्न कारणले औसत पाँच जना नेपाली कामदारको मृत्यु हुने गरेको छ । यसमा ५६ प्रतिशत मदिरा सेवनका कारण हुने घटनाका कारण हुने गरेको दूतावासको तथ्यांक छ । यूएर्ईमा सबैभन्दा बढी हृदयघातबाट नेपालीको ज्यान जाने गरेको छ । त्यसपछि सडक दुर्घटना, आत्महत्याबाट मृत्य हुने गरेको छ ।

यूएर्ईमा श्रीमान्–श्रीमतिबीच बाहेकको यौन सम्बन्ध कानुनी रूपमा प्रतिवन्धित छ । सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप पनि प्रतिवन्धित छ । तर, पछिल्लो समय नेपाली महिला–पुरुषबीच यस्तो अवैध सम्बन्ध बढ्न थालेको छ । यसले गर्दा अवैध गर्भ रहने, गर्भपतन गर्नेजस्ता अपराध बढेका छन् । यस्ता कारण पनि नेपाली जेल पर्ने गरेको दूतावासको भनाइ छ । 

सामान्य सावधानी अपनाउँदा पनि यस्ता समस्याबाट बच्न सकिने भए पनि हेलचेक्र्याइँ गर्दा कारागारमा बस्नुपर्ने अवस्था देखिएको भन्दै सचेत हुन दूतावासले आग्रह गरेको छ । कार्यवाहक राजदूत टण्डनले यूएर्ईमा रहेका संघसंस्थालाई आफ्ना कार्यक्रम राख्दा यस्ता विषयमा सचेत हुन पनि भनेको छ । लागु औषधको प्रयोग र साइबर कानुनको उल्लंघनका कारण पनि धेरै नेपालीले मुद्दा खेपिरहेका छन् । 

लागु औषधको प्रयोग, सामाजिक सञ्जालको दुरुपयोगजस्ता विषय पनि यूएर्ईमा गम्भिर अपराध भएको भन्दै यसतर्फ सचेत हुन दूतावासले आग्रह गरेको छ । ट्राफिक नियमको पालना गर्न तथा बैंकिङ संस्थाबाट रेमिट्यान्स पठाउन पनि दूतावासले अपिल गरेको छ । 

कार्यक्रममा नेपाली बिजनेस काउन्सिल यूएर्ईका अध्यक्ष डा. आसिफ अलि सिद्धीकी, एनआरएनए यूएर्ईका अध्यक्ष सुदीप कार्की, नेपाली समाज यूएर्ईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, प्रवासी नेपाली मञ्च यूएर्ईका सल्लाहकार कृष्ण ढकाल, अर्घाखाँची सेवा समाजका अध्यक्ष राजु खड्का, नेपाल पत्रकार महासंघ यूएर्ईका उपाध्यक्ष लक्ष्मण खनाल, नेपाल एयरलाईन्सका यूएर्ई कन्ट्री म्यानेजर रमेश पौडेललगायतले दूतावासका सेवा सुविधा र समस्याबारे जिज्ञासा राखेका थिए । 

कार्यक्रममा सहभागीले राखेको जिज्ञासाको कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, द्वितीय सचिव कृष्ण अर्याल, श्रम सहचारी भेष बहादुरकार्की लगायतले जवाफ दिएका थिए । 

कारोवारबाट 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: