प्रवासी नेपाली मञ्च, अवुधावीको आठौं अधिवेशन सम्पन्न

दामोदर दाहाल, युएई– प्रवासी नेपाली मञ्च युएईले अबुधाबीमा एक भेलाको आयोजना गरि आबुधाबी क्षेत्रीय समितिको आठौं अधिबेसन सम्पन गरेको छ। प्रबासी नेपाली मञ्च युएई राष्टिय कमिटीका अध्यक्ष श्याम कंडेलको प्रमुख आतिथ्यतामा आबुधाबीको एक होटेलमा सम्पन्न भएको उक्त भेलाले पुन्य प्रसाद शर्मा (पुस्कर) को अध्यक्षतामा १५ सदस्यिय आबुधाबी क्षेत्रिय समितिको गठन गरेको छ। समितिको उपाध्यक्षमा बुद्धि प्रसाद सापकोटा , सचिवमा विमल कार्की, सहसचिवमा सुमन तिमिल्सिना रहेका छन् । यसैगरी सदस्यहरुमा पुरुषोत्तम सापकोटा,चन्द्र दाहाल, अनु शिवाकोटी, नरेश क्षेत्री, कर्ण ओली, सुर्य खवास भुजेल, युना खड्का र खेतुलाल अधिकारी रहेका छन्।

कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष श्याम कंडेलले युवा वर्गको जोश, जाँगर र उत्साहलाई निरर्थक खेर नफाली संगठनमा आबद्द भएर राष्ट्र निर्माणका लागि सक्दो योगदान गर्नु पर्ने बताए । उनले समाज र राष्ट्र परिवर्तनको अभिभारा युवा वर्गकै काँधमा आइपरेकाले सम्पुर्ण युवाहरूलाई जिम्मेवारी बोध गरि एक ढिक्का भएर अघि बढ्न आग्रह गरे । प्रमुख अतिथि कँडेलले राष्ट्रिय एकता र अखण्डतालाई आत्मसात गरि अग्रगामी परिर्वनका पक्षमा रहेका सम्पुर्ण युवाहरूलाई प्रबासी नेपाली मञ्च युएईमा आबद्द हुन आग्रह पनि गरे ।

आठौ अधिबेसन मार्फत निर्बाचित भएका आबुधाबी क्षेत्रिय समितिका सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिइएको थियो।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: