पक्राउ परे एक नेपाली व्यवसायी

सोल, चैत्र १– दक्षिण कोरियामा एक नेपाली व्यवसायी पक्राउ परेका छन्। सुवनस्थित पूर्णिमा रेस्टुरेन्टका सञ्चालक शिव रेग्मीलाई प्रहरीले इन्छन विमानस्थलबाट पक्राउ गरेको हो। अमेरिकाबाट जापान हुँदै कोरिया फर्केका रेग्मीलाई विमानस्थलबाट प्रहरीले समातेको हो।

विगत २० वर्षदेखि कोरियामा रहेका रेग्मीले नेपालीहरुका लागि कानुनी परामर्शदाताको कार्य गर्दै आएका थिए। कोरियन महिलालाई विवाह गरेका रेग्मीले भाषा अनुवादकको काम पनि गर्दै आएका छन्। रेग्मीलाई शरणार्थी भिषा बनाउने क्रममा नक्कली सिफारिस पत्र बनाइदिएको आरोपमा अनुसन्धानका लागि गत बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अन्नपूर्ण पोष्टबाट

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय