
काठमाडौं, चैत्र १-
रोजगारीका लागि कतार पुगेका ३० जना नेपाली अलपत्र परेका छन् । स्केल ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमा कार्यरत ८४ जना नेपाली कम्पनीले काम र तलव दिन नसकेपछि अलपत्र परेका थिए । त्यसमध्ये ५४ जना मध्ये केहि घरबाट पैसा मगाएर टिकट काटेर नेपाल फर्किएका छन् भनें केहि अन्य कम्पनीमा काम गर्न थालेका छन् ।
पीडित मध्येका एक रत्न लामाले आफूहरु परदेशको भूमिका अलपत्र परेको भन्दै उद्धार गरिदिन आग्रह गरेका छन् । पीडितहरुका अनुसार उनीहरुको घर फिर्तिका लागि दूतावासले कुनै पहल गरेको छैन । आफैंले टिकट काटेर घर फर्किनका लागि समेत कागजात बनाउन ३ ४ पटक दूतावास धाउनु परेको उनीहरुले गुनासो गरेका छन् ।
खान समेत समस्या परेपछि ति नेपालीलाई कतारका केहि संघसंस्थाहरुले खाद्यान्न उपलव्ध गराएका छन् । सो कम्पनीमा काम गर्ने २ सय ४० जना मध्ये १ सय ६० जना भारतीय, ८४ जना नेपाली, श्रीलंका तथा ईजिप्टका ३ ३ जना रहेका थिए । कामदारलाई ६ महिना देखिको तलव नदिई रोजगारदाता भागेपछि कतारस्थीत भारतीय दूतावासले भनें आफ्ना देशका नागरिकलाई टिकट र घरपुग्ने केहि खर्च समेत दिएर स्वदेश फर्काइसकेको लामाले बताए ।
नेपालस्थीत सेफ लाइन ओभरसिज तथा मिथिला ओभरसिज मार्फत रोजगारीका लागि कतार पुगेका उनीहरुले आफूहरुको उद्धार गरिदिन सम्वन्धि म्यानपावर कम्पनीहरुलाई पनि आग्रह गरेको पीडितले बताएका छन् ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}