साउदीमा तीनजनालाई आर्थिक सहयोग 

 

काठमाडौं, फागुन ३०- जिफन्ट सपोर्ट ग्रुप, साउदी अरवले विभिन्न स्वास्थ्य समस्यामा परेका आफ्ना सदस्य तथा तिनका परिवारका लागि आर्थिक सहयोग गरेको छ । जिफन्ट सपोर्ट ग्रुप, कतिफ क्षेत्रिय कमिटीले एक कार्यक्रमको आयोजना गरि सदस्यहरु सन्तोष राई, तिर्थ बिक र बिजय कुमार मण्डललाई सहयोग उपलब्ध गराएको हो । 

कार्यथलोमा दुर्घटनामा परेर दायाँ हात भाच्चिएका सन्तोष राईलाई सहयोग स्वरुप एक हजार रियाल हस्तान्तरण गरिएको थियो । यसैगरी कार्यथलोमा दुर्घटनामा परेर घाइते भएका विजयकुमार मण्डललाई चारसय रियाल सहयोग गरिएको थियो । यसैगरी सोही अवशरमा तिर्थ बिकलाई ७ सय रियाल सहयोग प्रदान गरियो । विकका छोराको अज्ञात समूहले राखेको बम बिस्पोटमा परि एउटा हातको ३ वटा औला गुमाउनु परेको छ । 

सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रहेका जिफन्ट साउदी प्रतिनिधि राज तामाङले एक एक  मिलि सबैलाई, सबै मिलि एकैलाई भन्ने संस्थाको भावना अनुरुप सदस्यहरुलाई सहयोग गरिएको बताए । कार्यक्रम जिफन्ट कतिफ क्षेत्रिय कमिटीका अध्यक्ष राम राजवंशीको सभापतित्वमा सम्पन्न भएको थियो । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: