साउदीमा ११ महिनादेखि हिरासतमा

 

हरी कृष्ण न्यौपाने, कुवेत– परिवारको आर्थिक अवस्था उकास्न साउदी अरब पुगेका इलाम दानाबारी–३ शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई (राजु) ११ महिना देखी प्रहरी हिरासतमा कष्टमय जीवन बिताउन बाध्य छन्। कम्पनीको सामान (तार) सहित आफुले चलाउने गाडी चोरी भए पछि सामान चोरेर खाली गाडी भेटिए पछी साउदी अरबको रियादमा प्रहरी हिरासतमा रहेका प्रेम बहादुरलाई लामो समय देखी हिरासतमै राखिएको छ। हिरासत मुक्त गर्न नेपाली दुतबास साउदी अरबमा निरन्तर हारगुहार गरे पनि प्रेमलाई जेल समेत नलगी अत्यान्तै पिडादायी अवस्थामा लामो समय देखी हिरासतमै राखेकोले उनको परिवार लगाएत कुवेतमा रहेका प्रेमका दाजु चक्रबहादुर कुलुङले सम्बन्धित निकायलाई प्रेमबहादुरको उद्दारका लागि अनुरोध गरेका छन।

चक्रबहादुरले भनेू भाइलाई साउदी अरबको अदालतले २ महिना कैद र ५० कोर्राको सजाय तोकेको थियो। तर उक्त अवधि सकिए पछी घर फर्कने बेलामा कम्पनीले भाइको पासपोर्ट नदिएर उल्टो मुद्दा लगाइ हिरासतमा राखेर ३ लाख १० हजार रियाल (९५ लाख रुपैयाँ नेपाली) जरिवाना तोकेको अवस्थामा नेपाली दुताबास साउदी अरबले कम्पनीसंग कुरा गरी उनको रिहाइको लागि आवश्यक सहयोग गरेन। कुवेतबाट दैनिक फोन गर्दा पनि नेपाली दुताबासका कर्मचारी कहिले कसलाई त कहिले कसलाई कल गर्नुस भन्ने गरेको उनको गुनासो छ । कुवेतमा कमाएको पैसा पनि फोनमै सकियो भन्दै  भाइको अवस्था अझै समस्यापूर्ण भएको उनको भनाई छ ।
दुतावासका एक अधिकारि एक पटक हिरासत पुगेको भाईले बताए पनि ति दुताबासका अधिकारीले आफ्ना भाइलाई भेट समेत नगरि उनको थप मुद्दाको कागजात बुझेर बाहिरबाटै फर्किएको राईले बताए ।

११ महिना देखी साउदी हिरासतमै रहेका प्रेमबहादुरको घटना यसरी घटेको थियोः

पाँच वर्षअघि क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट रियादको अल सहलावी होल्डिङ कम्पनीमा गाडी (लहरी) चालकको रुपमा प्रेमबहादुर साउदी अरब पुगेका थिए। दुई वर्षअघि घर फर्केका उनी २०१६ को जनावरी १ तारिक पुनः साउदी फर्किएका थिए। २०१६ अप्रिल ३ मा लहरीले बोकेको केबल (तार) चोरी भएपछि प्रेमबहादुर पक्राउ परेका थिए। यही आरोपमा उनलाई अदालतले २ महिना कैद र ५० कोर्राको सजाय तोकेको थियो। सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिई पुनः मुद्दा हालेपछि प्रहरीले हिरासतमा राखेर ३ लाख १० हजार रियाल (९५ लाख रुपैयाँ नेपाली) जरिवाना तोकेको छ। जरिवाना तिर्न नसक्ने भएपछि प्रेमबहादुर ११ महिनायता हिरासतमै छन्।

लहरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा पुगेपछि गाडी पार्किङमा राखेर प्रेमबहादुर साथी भेट्न गएका थिए। त्यहीबेला लहरीसहित तार चोरी भएको थियो। चोरी भएको थाहा हुनेवित्तिकै कम्पनीलाई सम्पर्क गरी प्रहरीलाई जानकारी दिएको २ दिनपछि १० किमी टाढा रोमा भन्ने ठाउँमा सीसा तोडफोड भएको अवस्थामा गाडी भेटिए पनि तार भेटिएन।
आर्थिक अवस्था दयनीय रहेका राईको घरमा सुत्केरी पत्नी, ७ बर्षीया छोरी र २ महिनाको छोरा साथै बुढा भएका आमा–बाबु छन्।
फरक प्रसँगको भिडियो हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: