दुर्घटनाको फोटो भिडियो हाल्नेलाई दुई बर्ष कैद र ३ लाखसम्म जरिवाना हुनसक्ने

काठमाडौं, फागुन २८
कतै दुर्घटना भएको देख्ने वित्तिकै हत्त न पत्त फोटो वा भिडियो खिचेर फेसबुकमा हाल्ने बानी छ ? वा त्यस्तो फोटो/भिडियो साथिभाईलाई पठाउने गर्नुहुन्छ ? त्यस्तो बानी छ भनें तत्काल छोडिहाल्नुस् नत्र दुई बर्ष जेल तथा भारी आर्थिक जरिवानामा पर्नसक्नुहुन्छ ।

कतारका अमिरले हालैै नयाँ कानूनलाई स्वीकृति दिएका छन् जसले दुर्घटनाको फोटो वा भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने वा कसैलाई पठाउने काम गरेमा दुई बर्षसम्म जेल हाल्न सकिनेछ ।  कतारमा यसअघि नै चर्चामा रहेको र मन्त्री परिषदले पारित गरी स्वीकृतिका लागि पठाएको कानूनलाई त्यहाँका अमिरले स्वीकृति जनाएका हुन् जसले व्यक्तिको व्यक्तिगत गोपनियतालाई कायम राख्न मद्धत गर्ने अपेक्षा गरिएको छ ।

संशोधित कानून अनुसार अव त्यसरी कसैले अनुमति नलिई फोटो/भिडियो खिचेर सार्वजनिक गर्नेलाई दुई बर्षसम्म जेल सजाय तथा १० हजार कतारी रियाल(झण्डै तीन लाख) आर्थिक जरिवाना हुनेछ । त्यस्तो फोटो भिडियो व्यक्तिगत रुपमा मोवाईल मार्फत एक व्यक्तिबाट अर्को व्यक्तिलार्ई पठाएको भेटिएमा पनि सोही अनुरुप कारवाही हुने जानकारी गराइएको छ ।

फरक प्रसँगको भिडियो हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: