बैदेशिक रोजगारमा ज्यान गुमाउनेका परिवारलाई सरकारले बैशाखदेखि ७ लाख दिने

 
काठमाडौं, फागुन २७
बैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिका परिवार तथा अंगभंग भएका व्यक्तिलाई सरकारले आगामी बैशाख १ गते भित्रैदेखि ७ लाख रकम उपलव्ध गराउने तयारी थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले घोषणा गरे अनुरुप मृतकका परिवार तथा अंगभंग भएकालार्ई बढीमा ७ लाख दिनेगरी नियमावली संशोधनको गृहकार्य अन्तिम चरणमा पुगेको हो ।

प्रधानमन्त्रीको घोषणा लगत्तै त्यसलाई व्यवहारमा उतार्न श्रम तथा रोजगार मन्त्रालयले गृहकार्य अगाडी बढाएको थियो । यसअघि बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले क्षतिपूर्ति रकमलाई बृद्धि गरी ५ लाख पुर्याउन गरेको सिफारिसलाई नै फेरवदल गर्दै मन्त्रालयले क्षतिपूर्ति रकम ७ लाख बनाउने गरी संशोधनको विषयलाई अन्तिम रुप दिएको हो ।

निमावली संशोधनको मस्यौदा विहिवार अर्थमन्त्रालयमा पठाइएको र त्यहाँबाट सहमति लिएर कानून मन्त्रालयमा जाने बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । “सकेसम्म १०/१२ दिनभित्रै काम हुनेछ र ढिलोमा आगामी बैशाख १ गतेदेखि सरकारबाट पाउने रकम ७ लाख दिने निर्णय कार्यान्वयन हुनेछ” काफ्लेले बताए । हाल बैदेशिक रोजगारका क्रममा रहेका र श्रम स्वीकृति अवधि भित्रै कसैको मृत्यु भएमा वा गम्भीर रुपमा विरामी परेमा ३ लाख दिने प्रावधान छ । प्रधानमन्त्री प्रचण्डले गत माघ ११ गते गरेको सम्वोधनमा सो रकमलाई बृद्धि गरी ७ लाख पुर्र्याउने समेटिएको थियो ।

विदेशबाट नै कल्याणकारी कोषमा रकम र बीमा
बोर्डका कार्यकारी निर्देशक काफ्लेले बैदेशिक रोजगारका क्रममा रहेका व्यक्तिलाई विदेशस्थीत दूतावासबाट नै कल्याणकारी कोषमा रकम जम्मा गर्ने र बीमा गर्ने व्यवस्था मिलाउन कुनै कठिनाई नभएको बताए । “बोर्ड पनि सरकारी निकाय हो र दूतावास पनि सरकारी निकाय नै हुन्, त्यसैले त्यहिंबाट कल्याणकारी कोषमा रकम जम्मा गर्न कुनै समस्या छैन” काफ्लेले भने “अझ पछिल्लो समयमा हामीले नेपालका जुनसुकै बैंकका जुनसुकै शाखाबाट पनि रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइसकेका कारण कल्याणकारी कोषमा रकम जम्मा गर्ने विषय अप्ठ्यारो छैन ।” उनले बीमा कम्पनीहरु पनि आफ्ना प्रतिनिधि सम्वन्धित मुलुकहरुमा राख्न सहमत भइसकेको अवस्थामा विदेशबाट नै बीमाको व्यवस्था गर्न पनि सहज रहेको बताए । यसले बैदेशिक रोेजगारीका क्रममा रहेका नेपालीलाई धेरै लाभ हुने उनको भनाई थियो ।

सेवा सिंहदरवारबाहिर आवश्यक
बोर्डका कार्यकारी निर्देशक काफ्लेले बैदेशिक रोजगारमा गएर मेडिकल फेल भएर आउने व्यक्तिले क्षतिपूर्ति पाउन कठिनाई हुनुमा सरकारी व्यवस्था मुख्य जिम्मेवार रहेको औंल्याए । “मेडिकल फेल भएर आउने व्यक्तिले सिंहदरवार भित्र रहेको समितिमा निवेदन हाल्न जानु पर्छ जुन उनीहरुको सहज पहुँचमा छैन” काफ्लेले भने “त्यसैले धेरै पीडितले हाल क्षतिपूर्ति पाउन सकेका छैनन । उनले विशेषज्ञ समितिको बैठक नियमित रुपमा बस्न नसक्दा पनि पीडितले क्षतिपूर्ति पाउन धेरै ढिलार्ई हुने गरेको धारणा राखे ।”

गम्भीर रोगको क्षेत्र बढाउनु आवश्यक
सरकारले हालै गम्भीर प्रकृतिका रोग लागेर फर्किनेहरुलाई थप ५ लाख उपलव्ध गराउने गरी थप बीमाको व्यवस्था गराएको छ । यसमा केहि समस्या छुटेको भन्दै तिनिहिरुलाई समावेश गराउन कार्यकारी निर्देशक काफ्लेले सुझाव दिए । उनका अनुसार मानसिक समस्या धेरै देखिने गरेको भन्दै हाल गम्भीर स्वास्थ्य समस्यामा त्यो नसमेटिएको हुँदा समेट्नु आवश्यक रहेको काफ्लेको भनाई छ । उनले हाल बैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिको मृत्युको कारण धेरैजसो नखुल्ने गरेको भन्दै हालकै प्रकृतिको रिपोर्टले गम्भीर रोगको बीमा वापतको रकम पाउन अप्ठ्यारो हुने भन्दै त्यसलाई सुल्झाउने विषयमा पनि सरकारले कुटनीतिक पहल गर्नु आवश्यक रहेको धारणा राखे ।   

भिडियो हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/isO9adsRryc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: