दुतावासले ६ जना नेपाली महिलालाई स्वदेश फर्कायो  

युएई-

विभिन्न दलाल मार्फत युएई आएर अलपत्र परेका ६ जना नेपाली महिलालाई युएईस्थीत नेपाली दुतावासले उद्धार गरी नेपाल फिर्ता पठाएको छ । युएईमा अलपत्र परेका उनीहरुलाई दुतावासको सुरक्षित महिला आवास गृह( सेफ हाउस) मा राखिएको थियो । 

दुतावासका अनुसार त्यसरी नेपाल फर्किनेहरुमा सिन्धुपाल्चोककी कान्छिमाया तामाङ, मकवानपुरकी चन्द्रा बल, रुपन्देहीकी शोभा मल्ल शाही, पाल्पाकी टीकाकुमारी राना, झापाकी नुनीहाङ जवेगु तथा नुवाकोटकी रंगमति पन्त रहेका छन् । 

ति महिलालाई गत फागुन २५ गते सम्पूर्ण प्रकृया पूरा गरी स्वदेश फर्काइएको दुतावासले जनाएको छ । उनीहरुलाई युएई पठाउन भूमिका खेल्ने दलालहरुको नाम समेत दुतावासले सार्वजनिक गरेको छ ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: