पराजुली र कोइरालाविरुद्ध उजुरीको तयारी, साँसदहरुसँग मुलुकको ईज्जत जोगाउन आग्रह 

काठमाडौं, फागुन २७-

सरकारद्धारा प्रस्तावित विवादित राजदूतहरुका बारेमा अव साँसदहरु सचेत हुनु पर्ने सरोकारवालाहरुले बताएका छन् । विवादित व्यक्तिलाई सरकारले प्रभावमा परेर राजदूतमा सिफारिस गरेको विषय चर्कोसँग उठिरहेको समयमा यसमा साँसदहरुको पनि परिक्षाको घडी आएको उनीहरुको धारणा छ । 

कतारका लागि पूर्व राजदूत डा. सूर्यनाथ मिश्रले यो संसदिय समितिको पनि परिक्षाको घडी भएको बताए । देशपरदेशसँगको कुराकानीमा उनले साँसदहरुले विवेक पुर्याउने र आफ्नो प्रतिष्ठा कायम राख्ने समय पनि यहि भएको धारणा राखे । समितिमा केहि मन्त्रीहरु नै सदस्य रहेको तर्फ ईंगित गर्दै पूर्व राजदूत मिश्रले यसमा समयमै ध्यान दिन पनि आग्रह गरे ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले पनि राजदूत नियुक्तिका विषयमा सरकारले देखाएको रवैयाप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन आग्रह गरेको छ । सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले मुलुकको प्रतिनिधि नियुक्त गर्दा यति धेरै हेलचेक्र्याई गर्न नहुने बताए । उनले संसदिय सुनुवाईमा बसेका ३ जना मन्त्रीहरु आफैं निर्णयकर्ता र आफैं सुनुवाईकर्ता हुनु प्राकृतिक न्यायको सिद्धान्तले पनि नमिल्ने भन्दै यसमा ध्यान दिन आग्रह गरे । उनले समितिले राम्रोसँग छलफल गरेर प्रस्तावित विवादित व्यक्तिको नाम फिर्ता गराउने अपेक्षा प्रकट गरे । सञ्जालले ओमानका लागि राजदूतमा प्रस्तावित शर्मिला पराजुली तथा कतारका लागि राजदूतमा प्रस्तावित रमेश कोइरालाका विरुद्धमा सार्वजनिक सुनुवाई समितिमा उजुरी हाल्ने तयारी गरिरहेको छ ।  

सरकारले १४ देशमा राजदूत सिफारिस गरेपछि युएई, ओमान, कतारका लागि प्रस्तावित राजदूतहरुको पृृष्ठभूमिका कारण उनीहरुका विषयमा विरोध चर्किएको छ । यसैगरी स्पेनमा दूतावास आवश्यक पर्ने/नपर्ने विषयमा पनि गम्भीर रुपमा कुरा उठेपछि सरकारले युएईका लागि प्रस्तावित राजदूत आशा लामा तथा स्पेनका लागि प्रस्तावित नाम पनि फिर्ता लिंदै १२ जनाको नाम संसदिय सुनुवाईका लागि संसदिय समितिमा पठाएको छ । लामाको नाम फिर्ता गर्न स्वयं नेपाली काँग्रेभित्रै चर्को आवाज उठेपछि उनको नाम फिर्ता लिन काँग्रेसले नै सरकारलाई आग्रह गरेको हो । तर फोरम लोकतान्त्रीकबाट सिफारिसमा परेकी म्यानपावर व्यवसायी शर्मिला पराजुली तथा काँग्रेसको कोटाबाट कतारका लागि सिफारिसमा परेका पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङका सहयोगि सल्लाहकार रमेश कोइरालाको नाम भनें कायम छ । 

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: